Home / Feature Breaking news / हत्यारालाई कारवार्हीको माग गर्दै तरुण दलद्धारा प्रशासनमा धर्ना

हत्यारालाई कारवार्हीको माग गर्दै तरुण दलद्धारा प्रशासनमा धर्ना

दाङ,२६ भदौ । नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याको विरोध  गर्दै तरुण दल दाङले घोराहीमा प्रदर्शन गरेको छ । हत्यारालाई कारवाहीसँगै मृतकलाई सहिद घोषणाको माग गर्दै तरुण दल दाङले मंगलवार घोराहीमा विरोध प्रदर्शन जनाएको हो ।

नेपाली काग्रेसको पार्टी कार्यालयवाट शुरु भएको बजारका विभिन्न भागको परिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्ना दिएको थियो । धर्नापछिको विरोध कार्यक्रमलाई सम्वोधन तरुण दलका जिल्ला टिका घर्तीले हत्यारालाई कडाभन्दा कडा कारवार्हीको माग गरेका छन ।

राजनीतिक पूर्वाग्रही रुपमा गोली हानी हत्या गरिएको भन्दै दोषीलाई कडाभन्दाकडा कारवार्हीसँगै मृतकलाई शहिद घोषणासँगै पीडित परिवारलाई क्षेतिपुर्तीको माग गरिएको छ । विरोध कार्यक्रमलाई दलित संघका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा,नेपाल विद्यार्थी संघका कार्यवाहक जिल्ला अध्यक्ष टोपबहादुर बुढाथोकीलगाएतले सम्वोधन गरेका थिए ।

tarun

बाँकेमा पनि विरोध
तरुण दलका अध्यक्ष रोहित पुनको हत्या बिरोधमा बाँकेको नेपालगञ्जमा तरुण दलले प्रर्दशन गरेको छ । नेपाल तरुण दल बाँकेका कार्यकर्ताहरु हत्या बिरोधमा नाराबाजी गर्दै मंगलवार नेपालगन्ज बजारमा प्रदर्शन गरेका हुन ।

प्रदर्शन पछि कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष सन्दीपजंग शाहले रोल्पा जिल्ला अध्यक्षमाथि दिनदहाडै गोली हानि हत्या गरिएको घटनालाई सामान्य रुपमा नलिन सरकारको ध्यानाकर्षण गराएका थिए ।
तत्काल हत्यारालाई कारवाही गर्न चेतावनी दिँदै अध्यक्ष शाहले भने ‘नेपाल तरुण दललाई कमजोर नआँकियोस्, हाम्रो आक्रोश बाहिर आयो भने त्यसको परिणाम राम्रो हुने छैन, हेक्का रहोस् ।’

उनले हत्या गरिएका रोहितलाई शहिद घोषण गर्न समेत माग गरे । हत्या गरिएको घटना प्रति सहानुभुती प्रकट हुनुको साटो कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुले उल्टै चेतावनी दिएको भन्दै उनले घट्नाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*