Home / Feature Breaking news / तीज महोत्सवको ८० प्रतिशत तयारी पुरा

तीज महोत्सवको ८० प्रतिशत तयारी पुरा

दाङ, १९ भदौ

हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा भदौ २२ गतेदेखी २८ गतेसम्म हुने तीज महोत्सवको तयारी तीव्र बनेको छ ।

तयारी अन्तरगत तयारी अन्तिम चरणमा रहेको आयोजक मूल समितिले जानकारी दिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा हुने ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ को अयारी अन्तरगत ८० प्रतिशत तयारी पुरा भईसकेको मूल समितिका संयोजक प्रेम शर्माले जानकारी दिनुभयो ।

घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फको मैदानमा हुने तीज महोत्सवकालागि आवश्यक तयारी अन्तरगत भौतिक निर्माण अन्तरगत बालउद्यानका सामाग्रीहरु तयारीे, बाउण्डर, मूल गेट एवं स्वागत गेट निर्माण, मुख्य मञ्च निर्माण लगायतका काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा खुला तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने भएको छ । जसमा प्रथम, द्धतिय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै महोत्सवमा चर्चीत कलाकारहरुको प्रस्तुति रहने छ ।सांंस्कृतिक महोत्सवमा दैनिक हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चीत कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

जसमा नेपाली चलचीत्र क्षेत्रका कलाकार एवं चर्चीत कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा दैविक स्थानीय डान्स एकेडेमीहरुको प्रस्तुति रहने छ ।

नयाँ प्रतिभाहरुलाई पनि महोत्सपवमा स्थान दिने प्रचारप्रसार उपसमितिका संयोजक रामसिंह विश्वकर्माले जानकारी दिनुभएको छ ।

महोत्सवमा बाल उद्यान

तीज महोत्सवमा बालउद्यानका सामाग्रीहरु रहने भएको छ ।

जसमा झुला र डुंगा पिङ, रेल, बालबालिकाहरुकालागि खेलहरु रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*