Home / समाचार / बबई गाँउपालिकाद्वारा निती र बजेटको पुस्तक प्रकाशन

बबई गाँउपालिकाद्वारा निती र बजेटको पुस्तक प्रकाशन

बबई गाँउपालिकाद्वारा निती, कार्यक्रम र बजेटको पुस्तक प्रकाशन

दाङ, ५ भदौ
बबई गाउँपालिकाले आर्थिक बर्ष २०७५र७६ का लागि निती तथा कार्यक्रम एवं बार्षिक बजेटको पुस्तक प्रकाशन गरेको हो । पुस्तकको प्रदेश सांसद उत्तरकुमार वलीले बिमोचन गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षता तथा प्रदेश सांसद उत्तरकुमार वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । गाउँपालिकाले कृषि तथा पशु, सडक तथा पुल, सिचाई, शिक्षा, युवा तथा खेलकुद, उर्जा, सञ्चार, स्वास्थ्य, सहरी बिकास, बन तथा बाताबरण, सस्कृती तथा पर्यटनको बिकासका लागि तर्जुमा गरेको कार्यक्रमको रातो पुस्तक प्रकाशन गरेको बताएको छ।

यस्तै सार्बजनिक प्रशासन र सुशासन, लक्षित बर्ग तथा समुदाय, बिपद ब्यबस्थापन, आन्तरिक राजश्व, उद्योग ब्यबसाय, तटबन्ध तथा बाधका बिषयमा बजेट एवं कार्यक्रमको पुस्तक प्रकाशन गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

यस्तै पुस्तकमा बार्षिक रुपमा राजश्व संकलनको लक्ष्य तथा राजश्व संकलन गर्ने क्षेत्र, राजश्वको क्षेत्र एवं सभाबाट स्वीकृत गरेका कानून पनि प्रकाशन गरेको जनाइएको छ ।

यस्तै गाउँपालिकाको प्राफाइल पनि प्रकाशन गरेको जनाएको छ । यस्तै गाउँसभाले बबई गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ र बबई गाउँपालिकाको बिनीयोजन ऐन २०७५ पनि प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*