Home / Feature Breaking news / एक वर्षमा ५ सय १२ व्यवसायी थपिए

एक वर्षमा ५ सय १२ व्यवसायी थपिए

राप्ती सन्देश समाचारदाता
दाङ, २ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा गएको आर्थिक वर्षमा ५ सय १२ जना नया व्यवसायीहरु थपिएका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ मा संघमा ५ सय १२ जना नया व्यवासायी थप भएका हुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको नया पदाधिकारी आएको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

संघमा हाल ४ हजार ६ सय ६६ जना व्यवसायीहरु रहेका छन् । संघले चालु आर्थिक वर्षमा ढुक्क भएर व्यवसाय गर्ने वातावरण वनाउन पहल थाल्ने अध्यक्ष नारायण भुसालले जानकारी दिए । ‘अहिले पनि व्यवासायीहरु ढुक्क भएर व्यवसाय गर्ने अवस्था छैन’ अध्यक्ष भुसालले भने । शान्ति सुरक्षाको व्यवस्था गर्नका लागि सुरक्षा निकायसंग निरन्तर सहकार्य भइ रहेको र आउदा दिनमा पनि यस कार्यलाई अगाडि वढाइने उनको भनाई रहेको छ ।

संघले व्यवासायीहरुको विमाको समेत थालनी गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि लागु हुने गरी सम्पुर्ण सदस्यहरुको विमाको थालनी गरीएको भुसालले जानकारी दिए । व्यवसायिहरुको कुनै कारणले मृत्यु भएमा संघले किरिया खर्च स्वरुप २५ हजार रकम प्रदान गर्ने संघले जनाएको छ । त्यसैगरेर संघले कोसेली घर सञ्चालन, व्यसायिहरु लाई मुटुरोगको सिवी, जिल्लामा नाप तौल तथा गुणस्तर कार्यालय स्थापना गराउन पहल थालिने बताए । घर घरमा पुगेर व्यवसायिहरु लाई व्यवसायिक सचेतना दिने कार्य समेत अगाडि वढाइने अध्यक्ष भुसालले बताए ।

यसैगरी व्यवसायीहरुलाई लेखा सम्वन्धी तालिम, कर शिविर सञ्चालन गरीने भएको छ । नया कार्य समिती आए पछि संघले अवैध तवरले सामान ल्याइ डुलाएर घरघरमा विक्री गर्ने झोले पोके घुमन्ते व्यापारीलाई सरोकारवालाहरु संग समन्वयमा कारवाही गर्ने कार्य सुरु गरिएको, व्यवसायीक सचेतना तथा सदस्यता वृद्धि कार्यक्रम घर दैलो गरिएको, व्यवसायीक दर्ता एवम नविकरण शिविर सञ्चालन गरीएको, सरोकारवालाहरुको समन्वयमा वजार अनुगमन कार्य सुरु गरिएको संघले जनाएको छ ।

यसैगरी व्यवासायीलाई कर तथा लेखा तालिम, विभिन्न ६ वटा विषयगत समिति गठन, नापतौल दर्ता शिविर सञ्चालन गरेको जनाएको छ । प्रवद्र्धन तर्फ संघले स्थानिय उत्पादन तथा पर्यटनको विकास एवम प्रवद्र्धन गर्ने उदेश्यले उद्योग, व्यापार, कृषि, एवम पर्यटनको विकास, परनिर्भरमुखी अर्थ तन्त्र निकास भन्ने मुना नाराका साथ महोत्वस सफलता पुर्वक सम्पन्न गरेको अध्यक्ष भुसालले बताए । त्यसैगरेर संघका सदस्यको व्यापार व्यवसायमा क्षेत्ति तथा पुगेकालाई सहयोग, दुर्घटनामा परेकालाइ उपचारमा सहयोग गरेको छ ।
त्यसैगरेर सामाजिक कार्य अन्र्तगत संघले सुरु गरेको सफा सुन्दर हरित जिल्ला निर्माण अभियानलाई निरन्ता, संघको अगुवाइमा घोराहीमा वहुउदेश्य सभागृह निर्माणका थाल्नी गरीएको, घोराही २ र ५मा औद्यौगिक क्षेत्र स्थापना गर्नका लागि डिपीआरको कार्य सम्पन्न भएको हाल उक्त स्थानमा विद्युत विस्तारको लागि पनि अध्ययन भइ रहेको अध्यक्ष भुसालले बताए । संघले समासाययिक विभिन्न छलफल तथा अन्र्तरक्रिया समेत गदै आएको जनाएको छ । कार्यक्रममा संघका पुर्व अध्यक्षहरु माधवप्रसाद शर्मा, मधुसुदन वैद्य, लगाएतकाले भनाइ राखेका थिए । संघका अध्यक्ष भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिलाइ स्वागत वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले र धन्यावाद ज्ञापन उद्योग उपाध्यक्ष वशन्त जोशीले गरेका थिए । कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*