Home / Feature Breaking news / एक दिवसीयमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित

एक दिवसीयमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित

दाङ, १६ साउन
नेपालले पहिलो एक  दिवसीय खेलमा नेदरल्याण्डसँग ५५ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले डेब्यू खेलमै पराजय व्यहोरेको हो।

राम्रा ब्याट्मेनहरू ब्याटिङ नचल्दा नेपाल पराजित हुन पुगेको हो। उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ५८ रनको साझेदारी गरेका थिए। अनिल व्यक्तिगत २१ रनमा आउट भएपछि नेपालको इनिङ्स धारासयी बन्यो। बाँकी ६० रन जोड्दा नेपालले ६ विकेट गुमाउन पुग्यो।

दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १२ रनमा आउट भए। थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल ५१ रन बनाएर पभेलियन फर्किए।

आरिफ शेख शून्यमा आउट भए भने छैठौं नम्बरमा आएका सोमपाल कामीले पनि खाता खोल्न सकेनन्।  बसन्त रेग्मी आउट पनि शुन्यमा आउँट हुँदा दिपेन्द्र सिंह ऐरीले केही आशा देखाएका थिए। व्यक्तिगत ३३ रनमा आउट भए पछि नेपाल संकटमा पर्‍यो।

त्यसपछि शक्ति गौचनले नटआउट ९ रन बनाउँदा सरद भेसवारक ४ र सन्दिप लामिछाने १ रनमा आउट भए।

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका फ्रेड क्लासेन, माइकल रिप्पोन र पिटर सिलरले समान ३/३ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७.४ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो। नेदरल्याण्डका लागि माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए।

यस्तै, बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रनमा अाउट भएका थिए।

नेपालका कप्तान पारस खड्काले किफायती र उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामीले ३ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक-एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*