Home / Feature Breaking news / जुम्लाबाट यसरी उडाइए थिए डा.केसी

जुम्लाबाट यसरी उडाइए थिए डा.केसी

देवेन्द्र बस्नेत

बिहीबार बिहान ८ बजे मलगायत केही पत्रकार साथीहरु डा.गोबिन्द केसी अनशन बसेको स्थानमा पुग्यौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो तल्लामा उनी २० दिनदेखि अनशन बसिरहेका छन् । म उनी अनशन बसेको ७ औ दिनदेखि जुम्मलामै छु । आज उनी अरु दिन भन्दा फरक देखिन्थे । तनावमा थिए उनी ।

हामी पत्रकारहरु प्रबेश गरेको देखेपछि उनले ‘पत्रकारहरुसंग केही बोल्छु म’ भने । फेरि उनले केही सोचे जस्तो भाव देखाए, र भने, ‘तपाईहरु बाहिर जानुस्, तपाईहरुलाई देखेर बोल्दा म भावुक पनि हुन्छु, उत्तेजित पनि हुन्छु, म रेकर्ड गरेर मेरा कुरा पठाउछु तपाईहरुलाई ।’

उनको यो आग्रहपछि हामी उनी अनशन बसेको कोठा भन्दा बाहिर आयौं । एकछिनमा उनका सहयोगीहरुले मोवाइलमा केसीको आवाज ल्याए र हामिलाई सुनाए ।

त्यो रेकर्डमा उनले ‘सरकारले मेरो मानव अधिकारमा हस्तक्षेप नगरोस्, बिरोध गर्न पाउनु र आफ्ना मागहरु उठाउनु मेरो मानव अधिकार हो । मलाई जवरजस्ति काठमाण्डौ लगिदैछ भन्ने सुनेकोछु । यो अपहरणको शैलीमा मलाई लैजाने सरकारी रवैया ठिक होइन । मेरो स्वास्थ्यको चिन्ता छ भने मेरा मागहरु पुरा गरिदेओस, म आफै काठमाडौ गइहाल्छु’ भनेको सुनियो । उनको यो आवाज सुनेपछि उनी अरु दिनको भन्दा बढी तनावमा किन रहेछन् भन्ने हामिले बुझ्यौ ।

बिहान सेनाको व्यारेकमा हेलिकप्टर पनि आयो । हेलिकप्टर ल्याएर सरकारले उनलाई जवरजस्ति लैजादै छ भन्ने चर्चा केही दिनदेखि चलिहरको थियो । हेलिक्प्टर आएपछि अब उनलाई काठमाण्डौ लगिन्छ भन्ने अनुमान यहाँका स्थानीय र स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कर्मचारी तथा एचए पढ्ने बिद्यार्थीहरुको पनि रह्यो ।

त्यसपछि स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा फरक खालका दृष्यहरु देखिन थाले । प्रहरीको बाक्लो उपस्थिति भयो । त्यहाँको प्रहरीको नेतृत्व काठमाडौबाट नै आएका एसपीले गरे । मुल गेट बाहिर स्थानीयको संख्या थपिदै जान थाल्यो । प्रहरीले मुलगेट भित्र स्थानीयलाई जानवाट रोक्यो । उता स्वास्थ्यकर्मी तथा बिद्याथीहरुले डा.केसी अनशन बसेको कोठासम्म जाने भ¥याङमा अबरोध सिर्जना गर्न थाले । केसी तिन तलामाथीको कोठामा बसेका कारण त्यहाँसम्म जाने भ¥याङ र स्ट्रेचर गुडाउने बाटोमा उनीहरु छपक्क बसे । स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भवनको मुल ढोकामा पनि उनीहरु छपक्कै बसे ।
त्यसैक्रममा स्वास्थ्य बिज्ञान परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री प्रबेश गरे । उनीहरु डा.केसीलाई काठमाडौ जानका लागि आग्रह गर्न चाहन्थे र त्यसैका लागि उनलाई भेट्न जान चाहन्थे । तर, उनीहरुलाई स्वास्थ्यकर्मी र बिद्यार्थीहरुले माथी जान दिएनन् ।

डा.केसीले स्ट्रेचरबाटै भन्दैथिए, ‘थप क्षेती नहोस् भनेर म काठमाडौ जान राजी भएको हुँ, मेरो अनशन जारी छ । काठमाडौमा पनि म माग पुरा नहुँदासम्म अनशन बस्ने छु । जहाँ अनशन बसे पनि जुम्लाका लागि पनि मेरो अडान रहनेछ । तपाईहरुले जसरी समर्थन जनाउनु भयो, त्यसप्रति म आभारी छु ।’

त्यसछि उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुसंग छलफल गरे । बाहिरिने क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने कि, ‘हामी काठमाडौ जानुस भन्न आएका थियौ, तर डा.केसीले मान्ने अबस्था देखेनौ । अब हामी फर्कन्छौ ।’ त्यसपछि उनीहरु सेनाको व्यारेक तर्फ लागे ।

त्यसपछि प्रहरीहरु डा.केसी भएतर्फ जान खोेजे र भ¥याङमा रहेका स्वास्थ्यकर्मी र बिद्याथीहरुमाथी प्रहरीले एक्कासी लाठी हान्न थाल्यो । नर्सहरुको टाउकोमा समेत प्रहार गर्न थाल्यो । उनीहरु त्यही ढले तर भागेनन् । ढलेका उनीहरुलाई कुचल्दै प्रहरीको टोली अगडि बढ्यो ।

प्रहरीहरु निकै आक्रामक शैलीमा प्रस्तुत भएको देखिन थाल्यो । अब उनीहरु भ¥याङ तर्फ अगाडि बढे । त्यसक्रममा सिसाका ढोकाहरु र केही थान कुर्सी, टेवलहरु प्रहरी आफैले तोडफोड गरे । उनीहरु भ¥याङमा बसेका स्वास्थ्यकर्मी र बिद्यार्थीहरुलाई तर्साएर अगाडि बढ्न चाहन्थे । तर, उनीहरु भागेनन् । उल्टो प्रहरीमाथी माथीबाट प्रहार गर्न थाले । कुर्सी टेबलदेखि बरुणयन्त्रसम्म झिकेर उनीहरुले फाल्न थाले । त्यसक्रममा प्रहरीलाई चोट लाग्यो । काठमाडौबाट आएका प्रहरी उपरिक्षकको हातमा चोट लाग्यो । प्रहरी त्यहाँबाट फक्र्यो ।

केहीबेरको सन्नाटापछि प्रहरी थप आक्रामक देखिन थाल्यो । ‘अब यहाँ मान्छे मर्छन, हामी पनि मर्न सक्छौ, तर अरुलाई मारेर मात्र हामि मर्ने हो’ यस्ता अभिव्यक्तिहरु प्रहरीका अधिकारीका मुखबाट समेत सुनियो । अब अकल्पनीय अबस्था आउदै छ भन्ने जस्तो भान हामिलाई हुन थाल्यो ।

प्रहरीले बाहिर उभिएका स्थानीयहरुलाई लक्षित गर्दै माइकिङ् ग¥यो, ‘तपाईहरु यहाँ हेर्न मात्र आउनु भएको भए अब जनुस् । डा.केसीलाई काठमाडौ लैजानु छ, त्यसैले अबरोध भए गोलिचल्न सक्छ, जे पनि हुन सक्छ । आफु सुरक्षित हुन चाहनुहुन्छ भने ५ मिनेट तपाईहरुका लागि समय छ ।’ यो चेतावनीयुक्त माइकिङ सुनेपछि स्थानीहरु पर-पर हट्न थाले ।

त्यसपछि प्रहरीले जवरजस्ती डा.केसीलाई स्ट्रेचरमा राखेर बाहिर ल्याए । प्रहरीले उनलाई कोठाबाट बाहिर ल्याउने क्रममा उनले नजाने अड्ी कसे । तर, प्रहरीले गोलि चल्ने र मानवीय क्षतीसमेत हुन सक्ने चेतावनी दिएपछि केसी पग्लिए र काठमाडौ जान तयार भए । उनले भोली(शुक्रबार¬) आफ्नै खर्चमा प्लेनवाट काठमाडौ जाने र सेनाको हेलिकप्टरवाट नजाने जिद्दि गरेर बसिरहेका थिए ।

स्ट्रेचरमा राखिएका डा.केसीले गेटमा आइपुग्दा हामी पत्रकारहरुलाई देखे । हामिलाई देखेर डा.केसी केही बोल्न चाहे । त्यो बेला उनको पक्षमा नारावजी भैरहेको थियो । त्यसक्रममा प्रहरीले भिडलाई हुत्याएर फाल्न चाहिरहेको थियो । पत्रकारहरु पनि त्यो हुत्याईमा परे । कसैको क्यामेरा समेत खोसियो ।

डा.केसीले स्ट्रेचरबाटै भन्दैथिए, ‘थप क्षेती नहोस् भनेर म काठमाडौ जान राजी भएको हुँ, मेरो अनशन जारी छ । काठमाडौमा पनि म माग पुरा नहुँदासम्म अनशन बस्ने छु । जहाँ अनशन बसे पनि जुम्लाका लागि पनि मेरो अडान रहनेछ । तपाईहरुले जसरी समर्थन जनाउनु भयो, त्यसप्रति म आभारी छु ।’

उनी मलिन देखिन्थे, थकित देखिन्थे । त्यत्तीकैमा केही बृद्धबृद्धा स्थानीहरुले हजारीको फुलको माला ल्याएर लगाई दिए । उनीहरु भन्दै थिए, ‘हाम्रो स्वास्थ्यको बारेमा चिन्ता गर्ने तिमिलाई हामिले भुल्ने छैनौ ।’

डा.केसीलाई एम्बुलेन्समा राखेर सेनाको व्यारेक तर्फ लगिदै गर्दा वाटोमा पनि स्थानीयले अबरोध गर्न थाले । स्वास्थ्य बिज्ञान प्रतिष्ठान खाल्डोमा र व्यारेक माथी अग्लो ठाउमा छ । अग्लो ठाउमा पुगेर स्थानीयले प्रहरीको गाडिमा समेत क्षतिपुग्ने गरी ढुङ्गामुडा बसौउन थाले । प्रहरीको गाडीका सिसाहरु पनि फुटे । त्यसपछि प्रहरीहरुमाथी पुगर स्थानीयलाई लक्षित गर्दै अश्रुग्यास प्रहार गर्न थाले । अश्रुग्यास प्रहारपछि स्थानीय भाग्न थाले । त्यही क्रममा प्रहरीको टोलीले केसीलाई व्यारेक छिरायो ।

५ बजेतिर जुम्लाको सदरमुकाम खलङ्गास्थित सेनाको व्यारेकबाट टाटेपाटे हेलिकप्टर उड्यो ।

(जुम्लामा रहेका पत्रकार देबेन्द्र बस्नेतसंग गरिएको टेलिफोन संवादका आधारमा तयार गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*