Home / Feature Breaking news / दाङमा रगतको अभावः माग बढ्यो, दाता बढेनन्

दाङमा रगतको अभावः माग बढ्यो, दाता बढेनन्

बिमला घर्ती
घोराही, ४ साउन
‘रक्तदान जीवन दान’ । रक्तदानका बारेका बास्तविक जानकारी नहुँदा रक्तदान गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढ्न सकेको छैन जसका कारणले जहिले पनि रगतको अभाव हुने गरेको छ । रक्तदानका बारेमा केही भ्रम हुँदा र रगत लिनेहरुको संख्या बढ्दै जाँदा रक्तसंचार केन्द्र घोराहीमा सधै रगतको अभाव हुने गरेको रक्तसंचार केन्द्रका प्रमुख दिलिप न्यौपानेले बताउनुभयो । गत आर्थिक बर्ष २०७४÷०७५ मा दाङमा करिब दुई हजार चार सय प्वाइन्ट रगत दाङबाट खपत भएको थियो । सबै रगत रक्तदाताहरुको दानले संकलन भएको हो ।
२०५९ सालमा स्थापना भएको रक्तसंचार केन्द्र घोराहीले रगतको व्यवस्थापन गर्दै आएको छ । भने १० ११ महिना अगा

डीबाट जिल्लाको तुलसीपुरबाट पनि रेडक्रसले ब्लड बैक स्थापना गरेर रगतको व्यवस्थापन गरिरहेको छ । घोराही शाखाबाट २ हजार २ सय ५० र तुलसीपुरबाट १ सय ५० प्वाईन्ट गरि एक वर्षमा २ हजार ४ सय प्वाईन्ट रगत खपत भएको छ । एक प्वाईन्टमा ३ सय ५० एमएल रगत हुन्छ ।

शुरुमा घोराहीमा रक्तसञ्चार स्थापनाकालमा व्लड स्टोर हुने अवस्था थिएन् । इमरजेन्सी रुपमा चाहिएको अवस्थामा तत्काल रक्तदान गर्ने मान्छे खोजेर रगत दिने गरिन्थ्यो । २०६१ सालवाट भने चाहिने रगत पहिलेनै तयारी अवस्थामा राख्न शुरु गरिएको थियो । तर रक्तदानमा चासो नदेखाउदा तथा रगत दान गर्नुपर्छ भन्ने मानसिकताको विकास गराउन नसक्दा अभावको समस्या देखिएको छ । रगत अभावको समस्या खेप्नुपरेको भएपनि ज्यान गुमाउनुपर्ने अवस्थको भने सृजना नभएको न्यौपानेले बताउनुभयो ।

रगतको माग हरेक वर्ष बढ्दै गएको देखिन्छ । ब्लड बैक घोराहीका प्रमुख न्यौपानेका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा एक हजार छ सय प्वाइन्ट, २०७३÷०७४ मा एक हजार आठ सय प्वाइन्ट र ०७४÷७५ मा दुई हजार एक सय प्वाइन्ट रगत खपत भएको छ । अहिले बार्षिक रुपमा कार्यक्रमको आयोजना गरी रक्तदान गर्ने संघ संस्थाहरु करिव ८० वटा रहेका छन् । भने सहि समयमा नियमित तरिकाले रक्तदान गर्ने व्यक्तिहरुको संख्या भने ३० देखि ४० जना सम्म भएको न्यौपानेले बताउनुभयो ।

रगतको अभाव बढीरहेको भएपनि न संचालक संस्था रेडक्रसले न रक्तसंचार केन्द्रले रगत दान गर्नुपर्छ भन्दै कार्यक्रम गर्न सकेका छन् । रगत दानको महत्वका बारेमा नागरिकहरुलाई जानकारी तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्न नसकिएको न्यौपानेले बताउनुभयो । न्यौपानेले विभिन्न कार्यक्रमहरुमा गएर रक्तदान गर्नुपर्छ भन्ने गरेको भएपनि यस विषयमा जिल्लामा कार्यक्रम गर्न नसकिएको वताउनुभयो ।

अहिलेको अवस्था शहरमुखी भएका कारणले पनि अभाव खेप्नुपरेको उहाँको अनुभव छ । गाउँ–गाउँमा गएर कार्यक्रम संचाालन गर्न सकिएको छैन्, जसका कारण अभावको समस्या खेप्नुपरेको छ, उहाँले भन्नुभयो । उहाँले आयस्रोतको अभाव, यातायातका साधन तथा कर्मचारीको अभावले कार्यक्रम संचालनका गर्न नसकिएको बताउनुभयो । जटिल खालको शल्यक्रिया बढिरहेको, सडक दुर्घटना, बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अपरेसन बढेकोले रगतको माग आकासिएको उहाँले बताउनुभयो ।

रक्तदान गर्नका लागि स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पुरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्तिले रक्तदान गर्न सक्ने छन् । रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्ने न्यौपानेले बताउनुभयो ।

साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग नलागेको हुनुपर्ने, गर्भवती र महिनावारीको समयमा रक्तदान गर्न नहुने, रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुन नहुने र दान अगाडि धूम्रपान गर्न नहुने, रक्तदानको २४ घण्टाअघि र पछि मादकपदार्थ वा अन्य लागूपदार्थ सेवन गर्न नहुने स्वास्थयकर्मीले बताएका छन् ।

विगतका गाउँघरमा रगत दान सम्बन्धी विभिन्न भ्रमिक कुरा गरिएपनि वास्तवमा भने रगत दान गर्नुले फाइदा पुग्ने गरेको स्वास्थ्यकर्मीहरु वताउछन् । एक पटकको रक्तदानबाट मात्रै पनि करिव छ सय ५० किलो क्यालोरी नष्ट हुने गर्दछ । यसले वजन नियन्त्रणमा ठूलो मद्दत गर्ने गर्दछ । पुरुषले तीन महिनामा र महिलाले चार महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहने चिकित्सकहरुले बताएका छन् ।

हरेक तीन महिनामा रक्तदान गर्नाले शरीरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ पु¥याउने, पुरुषमा मुटुरोगको सम्भावना केही कम रहने, शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो रोगको समस्याबाट बच्न समय–समयमा रक्तदान जरुरी देखिएको बताइन्छ । रक्तदानपछि शरीरमा नयाँ रगत बन्ने र यसले स्वास्थ्यसँग जोडिएका थुप्रै समस्याबाट टाढा राख्ने स्वाथ्यकर्मीहरुले वताएका छन् ।

घोराही, ४ साउन । भनिन्छ ‘रक्तदान जीवन दान’ । रक्तदानका बारेका बास्तविक जानकारी नहुँदा रक्तदान गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढ्न सकेको छैन जसका कारणले जहिले पनि रगतको अभाव हुने गरेको छ । रक्तदानका बारेमा केही भ्रम हुँदा र रगत लिनेहरुको संख्या बढ्दै जाँदा रक्तसंचार केन्द्र घोराहीमा सधै रगतको अभाव हुने गरेको रक्तसंचार केन्द्रका प्रमुख दिलिप न्यौपानेले बताउनुभयो । गत आर्थिक बर्ष २०७४÷०७५ मा दामा दुई हजार एक सय प्वाइन्ट रगत यस केन्द्रबाट खपत भएको थियो ।

२०५९ सालमा स्थापना भएको रक्तसंचार केन्द्रबाट रगत लिनेहरुको संख्या बढ्दै र्गको छ । शुरुमा घोराहीमा रक्तसञ्चार स्थापनाकालमा व्लड स्टोर हुने अवस्था थिएन् । इमरजेन्सी रुपमा चाहिएको अवस्थामा तत्काल रक्तदान गर्ने मान्छे खोजेर रगत दिने गरिन्थ्यो । २०६१ सालवाट भने चाहिने रगत पहिलेनै तयारी अवस्थामा राख्न शुरु गरिएको थियो । तर रक्तदानमा चासो नदेखाउदा तथा रगत दान गर्नुपर्छ भन्ने मानसिकताको विकास गराउन नसक्दा अभावको समस्या देखिएको छ । रगत अभावको समस्या खेप्नुपरेको भएपनि ज्यान गुमाउनुपर्ने अवस्थको भने सृजना नभएको न्यौपानेले बताउनुभयो ।

रगत खपतको अवस्था हरेक बर्ष बढ्दो रहेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा एक हजार छ सय प्वाइन्ट, २०७३÷०७४ मा एक हजार आठ सय प्वाइन्ट र ०७४÷७५ मा दुई हजार एक सय प्वाइन्ट रगत खपत भएको छ । अहिले बार्षिक रुपमा कार्यक्रमको आयोजना गरी रक्तदान गर्ने संघ संस्थाहरु करिव ८० वटा रहेका छन् । भने सहि समयमा नियमित तरिकाले रक्तदान गर्ने व्यक्तिहरुको संख्या भने ३० देखि ४० जना सम्म भएको न्यौपानेले बताउनुभयो ।

रगतको अभाव बढीरहेको भएपनि न संचालक संस्था रेडक्रसले न रक्तसंचार केन्द्रले रगत दान गर्नुपर्छ भन्दै कार्यक्रम गर्न सकेकाो छ । रगत दानको महत्वका बारेमा नागरिकहरुलाई जानकारी तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्न नसकिएको न्यौपानेले बताउनुभयो । न्यौपानेले विभिन्न कार्यक्रमहरुमा गएर रक्तदान गर्नुपर्छ भन्ने गरेको भएपनि यस विषयमा जिल्लामा कार्यक्रम गर्न नसकिएको वताउनुभयो ।

अहिलेको अवस्था शहरमुखी भएका कारणले पनि अभाव खेप्नुपरेको उहाँको अनुभव छ । गाउँ–गाउँमा गएर कार्यक्रम संचाालन गर्न सकिएको छैन्, जसका कारण अभावको समस्या खेप्नुपरेको छ, उहाँले भन्नुभयो । उहाँले आयस्रोतको अभाव, यातायातका साधन तथा कर्मचारीको अभावले कार्यक्रम संचालनका गर्न नसकिएको बताउनुभयो । जटिल खालको शल्यक्रिया बढिरहेको, सडक दुर्घटना, बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अपरेसन बढेकोले रगतको माग आकासिएको उहाँले बताउनुभयो ।

रक्तदान गर्नका लागि स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पुरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्तिले रक्तदान गर्न सक्ने छन् । रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्ने न्यौपानेले बताउनुभयो ।

साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी र एड्स नलागेको हुनुपर्ने, गर्भवती र महिनावारीको समयमा रक्तदान गर्न नहुने, महिलाले सुत्केरी भएको ६ महिनापछि रक्तदान गर्नुपनर्ने, रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुन नहुने र दान अगाडि धूम्रपान गर्न नहुने, रक्तदानको २४ घण्टाअघि र पछि रक्सी वा अन्य लागूपदार्थ सेवन गर्न नहुने स्वास्थयकर्मीले बताएका छन् ।

विगतका गाउँघरमा रगत दान सम्बन्धी विभिन्न भ्रमिक कुरा गरिएपनि वास्तवमा भने रगत दान गर्नुले फाइदा पुग्ने गरेको स्वास्थ्यकर्मीहरु वताउछन् । एक पटकको रक्तदानबाट मात्रै पनि करिव छ सय ५० किलो क्यालोरी नष्ट हुने गर्दछ । यसले वजन नियन्त्रणमा ठूलो मद्दत गर्ने गर्दछ । पुरुषले तीन महिनामा र महिलाले चार महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहने चिकित्सकहरुले बताएका छन् ।

हरेक तीन महिनामा रक्तदान गर्नाले शरीरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ पु¥याउने, पुरुषमा मुटुरोगको सम्भावना केही कम रहने, शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो रोगको समस्याबाट बच्न समय–समयमा रक्तदान जरुरी देखिएको बताइन्छ । रक्तदानपछि शरीरमा नयाँ रगत बन्ने र यसले स्वास्थ्यसँग जोडिएका थुप्रै समस्याबाट टाढा राख्ने स्वाथ्यकर्मीहरुले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*