Home / Feature Breaking news / ३३ केजी सुन प्रकरण डीएसपी प्रजित केसी नियन्त्रणमा

३३ केजी सुन प्रकरण डीएसपी प्रजित केसी नियन्त्रणमा

काठमाडौं,१६ बैशाख । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा डीएसपी प्रजित केसी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा बयानका लागि हाजिर भएका केसीलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा संगठित अपराधमा थप अनुसन्धानका लागि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

डीएसपी केसी र अपराध महाशाखामा कार्यरत सई बालकृष्ण सञ्जेल सनम शाक्यको हत्यापछि विराटनगर पुगेका थिए । त्यही घटनामा एसएसपी दिवेश लोहनीसँगै डीएसपी केसी र सई सञ्जेल प्रहरी प्रधान कार्यालयमा तानिएका थिए ।
३३ किलो सुन प्रकरणमै यसअघि पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । घटनामा संग्लन भएको भन्दै अन्य २१ जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*