Home / Feature Breaking news / दाङ महोत्सववको तयारी तीव्र, सरोकारवालाहरुसँग छलफल

दाङ महोत्सववको तयारी तीव्र, सरोकारवालाहरुसँग छलफल

दाङ, २१ माघ
दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को समय नजीकीदै गर्दा महोत्सवलाइ सफल वनाउन उद्योग वाणीज्यसंघले सरोकारवाला निकायहरुसंगको छलफलललाइ तिव्र पारेको छ।

दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालको प्रमुख आतीथ्य एवं आर्थीक उपसमीतीका व्यवस्थापन उपसमीतीका संयोजक शुशील पोख्रेलको अध्यक्षतामा समपन्न छलफल कार्यक्रममा वोल्ने सहभागीहरुले आर्थीक पारदर्शीता र व्यवस्थापनको पाटोलाइ चुस्त दुरुस्त राख्न सके महोत्सवलाइ सफ वनाउन सकनिे भन्दै यसतर्फ आयोजकलाइ ध्यान दिन आग्रह गरेका थिए ।

त्यसअवसरमा वोल्दै दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले आर्थीक पारदर्शीता र व्यवस्थीत व्यवस्थापनमा आयोजक कमीटी प्रतीवद्ध रहेको वताउदै यसमा सहयोगका लागी सरोकारवाला निकायलाइ आग्रह गर्नु भयो।

यसैगरी आर्थीक उपसमीतीका व्यवस्थापन उपसमीतीका संयोजक शुशील पोख्रेले विगतका महोत्सवमा भएका कमी कमजोरीहरुलाइ सच्याउदै यसपटकको महोत्सवलाइ आर्थीक पारदर्शीतालाइ चुस्त दुरुसत पार्न आफुहरु लागी पर्ने वताउनु भयो । त्यसअवसरमा आर्थीक व्यवस्थापन उपसमीती गठन गरिएको छ। शुशील पोख्रेलको संयोजकत्वमा रहेको आर्थीक व्यवस्थापन उपसमीतीको सहसंयोजकमा शंकर शर्मा,रहनु भएको छ। भने सदस्यहरुमा शुशील प्रकाश आचार्य, टिकाराम पन्थ, देवि प्रसाद गुप्ता, निशान्त आचार्य, मुकुन्द रन्ञीतकार, राजेन्द« रेग्मी, धनेश्वर पौडेल, दुर्गा प्रसाद पन्थ, मञ्जु व्रजाचार्य र केदारराज श्रेष्ठ रहनु भएको छ।

यसैविच महोत्सव मुल आयोजक समीतीका संयोजक वसन्त जोशीको प्रमुख आतीथ्य एवं भोजन आवास उपसमीतीका संयोजक रामप्रसाद पोख्रेलको अध्यक्षतामा आजै वसेको अर्को वैठकले भोजन तथा आवास व्यवस्थापन उपमसती गठन गरेको छ। भोजन आवास उपसमितिका संयोजक रामप्रसाद पोख्रेलको संयोजकत्वमा रहेको उपसमीतीको यपसंयोजकमा रुद्रबहादुर डागी रहनु भएको छ।

उपसमीतीको सदस्यहरुमो सदस्यहरुमा रामप्रसाद लम्साल,दिपक पुन,ईश्वर कुमार बुढामगर,बलराम जैसी,रामलौटन चौधरी,कमला बेल्बासे,श्याम कुमार पि।एम,डोर बहादुर खत्री,मुक्ति खरेल,बसन्त जि।एम,कमल सुवेदी,हिमलाल सुवेदी,पशुपति श्रेष्ठ,मान के।सी,दामोदर पाण्डे,शालिकराम खनाल,केशव भट्राई,द्रोण प्रसाद आर्चाय र रुपक थापा रहनुभएको छ ।

यसैविच आजै वसेको उपसमीतीको वैठकले विभीन्न निर्णयहरु गरेको छ। वैठकले महोत्सव अवधिभर होटल ब्यवसायीहरुले अतिथिहरुलाई बस्नका लागी १५प्रतिशत र खानामा १०प्रतिशत छुट दिने निर्णयहरु गरेको छ । यसैगरी महोत्सव अवधिभर विभिन्न स्थानवाट आउने अतिथिहरुकालागी दाँङ जिल्लामा रहेका ब्यवसायिहरुले आफनो घर अगाडी स्वागत ब्यानरका साथै फूलका घैटाहरु समेत राख्ने निर्णय गरेको छ ।

यसैगरी महोत्सव स्थल भित्र सफा,स्वास्थ्य र गुणस्तरिय खाना खुवाउनका लागी अनुरोध गर्नुका साथै भोजन तथा आवास उपसमितिले अनुगमन गर्ने निर्णय समेत गरेको छ । यसैगरीे सफा,स्वास्थ्य र गुणस्तरिय खाना अनुगमन गर्नका लागी भोजन आवास उपसमितिका उपसंयोजक रुद्र बहादुर डाँगी को संयोजकत्वमा ५सदस्यीय अनुगमन टोली गठन गरेको छ । जस्को सदस्यहरुमा कमल सुवेदी,बसन्त जि।एम,रामप्रसाद लम्साल र ईश्वर वि।एम। रहनुभयको छ ।

त्यसअवसरमा वोल्दै मुलआयोजक समीतीका संयोजक वसन्त जोशीले महोत्सवमा आउने दर्शक तथा आगन्तुकहरुलाइ स्वस्थ्यकर खाना , नास्ता तथा सरसफाइमा ध्यान दिन सके उपभोक्ताको मन जित्न सकीने वताउनु भयो ।

दाङ उद्योग वाणीज्य संघले घोराही उपमहानगरपालीका १५ स्थित जिल्ला समन्वय समीतीको पश्चिमतर्फको सालट्रेडीङको प्राङगणमा फाल्गुन ३ गते देखी १३ गतेसम्म आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ।

महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम , यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट यर्पटन , कृर्षि पशुपालन प्रशोधन वजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षण दिइने, खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरुको समेत आयोजना गरिएको महोत्सव मुलआयोजक समीत्ीका प्रचार प्रसार संयोजक माया कुमारी पोख्रेलले जानकारी दिनुभएको छ। यसैविच फागुन ३ गते देखि घोराहीमा हुन थालेको ब्यापारिक महोत्सवमा उछृंखल प्रस्तुती राख्न नदिईने भएको छ । महोत्सव आयोजक दाङ उद्योग वाणिज्य संघले यस्ता प्रस्तुती राख्ने कलाकारहरुलाई महोत्सवमा नल्याउने पनि जनाएको छ । महोत्सवमा उछृंखल प्रस्तुती गतिविधी नहोओस् भन्नेमा मेला आयोजक गम्भिर दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीले वताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*