Home / Feature Breaking news / १ हजार बढी मिटरब्याज पीडित काठमाडौं आउँदै

१ हजार बढी मिटरब्याज पीडित काठमाडौं आउँदै

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याज पीडित काठमाडौं आएको छैटौँ दिनमा थप १ हजार बढी पीडित काठमाडौं आउने भएका छन्। देशभरका १८ जिल्लाबाट आइतबार पीडितहरू काठमाडौं आउन लागेको मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोज खतिवडाले जानकारी दिए।

देशभर ३५ जिल्लाका पीडितहरू सम्पर्कमा आएकोमा तत्काल १८ जिल्लाबाट पीडितहरू काठमाडौं आउन लागेको उनले बताए। सोमबार काठमाडौं पुग्ने उनीहरूको तयारी छ। २० चैतमा सिंहदरबार, २१ चैतमा बालुवाटार र २२ चैतमा संसद् भवनअगाडि मार्चमास गरेर धर्नाका कार्यक्रम सार्वजनिक गरिने बताए।

नवलपरासीका मिटरब्याज पीडितहरू विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध आन्दोलित छन्।  सरकारले आफूहरुका माग सम्बोधन गर्न गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न आयोग गठन गरेपछि आन्दोलन फिर्ता लिने तयारीमा छन्।

पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बस्ने गरेका छन्। गत असोज १ गते पीडित र सरकारबीच ५ बूँदे सम्झौतासहित सहमति भएको थियो। तर त्यो सहमति कार्यान्वयन नभएको र अहिले उही ५ बुँदे सम्झौतामा सहमति भएको संघर्ष समितिका संयोजक खतिवडाले बताए।

‘अहिले पनि त्यहि पहिलाको ५ बुँदे सम्झौतामा एउटा आयोग गठन थप गरेर पीडितलाई आँखामा छारो हाल्ने काम भएको छ। जुन अहिले बर्दिबासबाट आइरहेका मिटरब्याज पीडितको नेतृत्व गर्दै आएका लिडर स्वयम् पीडित होइनन्। उनले कुनै लाभ प्राप्त गर्नका लागि पीडितको नेतृत्व गरेर पीडितलाई ल्याएर जुन सरकारले पहिला गरेको सहमति अनुसार मिल्न खोजेका छन्। यो गलत हो। ती पहिलेका सम्झौताले समस्या समाधान हुन सक्दैन। त्यसकारण मिटरब्याज पीडित अरु माग राख्न आउने भएका हुन्,’ खतिवडाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*