Home / Feature Breaking news / दाङ प्रादेशीक राजधानीबारे यस्तो आयो राजु खनालको विज्ञप्ती

दाङ प्रादेशीक राजधानीबारे यस्तो आयो राजु खनालको विज्ञप्ती

घोराही, ४ माघ

सम्पूर्णरुपमा पाँच नम्बर प्रदेशको राजधानीको रुपमा दाङ उपयुक्त हुँदाहुँदैपनि सबै प्रतिवेदनहरुले दाङलाई प्रादेशिक राजधानी को रुपमा प्रस्ताव गरिरहँदा मन्त्री परिषदको पछिल्लो निर्णयले आश्चर्य चकित तुल्याएको छ ।

सम्पूर्ण पक्षले मानसिक रुपमा दाङलाई स्वीकारि सकेको अवस्थामा एक्कासी मन्त्रीपरिषदको बैठकले रुपन्देहीलाई मुकाम तोक्नु दुर्भाग्यपूर्ण छ । म त्यो निर्णय सच्याउन सरकारसंग जोडदार रुपमा माग गर्दछु ।

विगतको निर्वाचनमा दाङलाई प्रादेशिक राजधानी बनाउने प्रस्ताव सर्वपक्षिय थियो , र हामीसबैले दाङलाई राजधानी बनाउने विश्वास आम जनसमुदायमा दिलाएका थियौँ । त्यसैले जनताको त्यो विश्वासलाई मुर्त रुप दिने जिम्मेवारी नवनिर्वाचित जनप्रतिनीधिको काँधमा आएको छ ।

दाङबाट निर्वाचित जनप्रतिनीधिहरु त्यो अजेण्डाबाट पछि हट्नुहुने छैन भन्ने मेरो विश्वास छ । जनप्रतिनीधिहरुले त्यो अजेण्डा अघि सारेमा जुनसुकै तरहबाट पनि त्यसलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

सरकारको पछिल्लो निर्णय बिरुद्ध दाङ लगाएको क्षेत्रमा जुन आन्दोलन उठेको छ ,त्यो स्वागत योग्य छ । अन्यायका बिरुद्ध नागरिकहरु आनदोलित हुनु स्वाभाविकै हो । त्यो आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दछु ।

दाङबासीकै बिचमा रहेर आन्दोलन गर्ने चाहना हुँदाहुँदैपनि आमाको आसोचमा रहेका कारण म भौतिक रुपमा आन्दोलनमा सहभागी हुन सकेको छैन । तर म दाङको त्यो माग र ऐजेण्डा प्रति सदा समर्पित रहेको विश्वास दिलाउन चाहन्छु ।

राजु खनाल
संविधानसभा सदस्य ९२०७००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*