Home / Feature Breaking news / पूर्वाञ्चललाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाईनलमा

पूर्वाञ्चललाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाईनलमा

दाङ, ३ माघ
मंगलवारदेखी दाङमा सुरु भएको परिषद् कप २८ औँ राष्ट्रिय च्याम्पियनशिप पुरुष फुटवल प्रतियोगिता २०७४ अन्तरगत वुधवारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

घोराहीको भरतपुर खेल मैदानमा भएको प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रिय टिमलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । प्रतियोगिताको १७ औँ मिनेटमा आर्मीका १४ नम्बर जर्सीका खेलाडी विवेक बस्नेतले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको आर्मीको तर्फबाट ८८ औँ मिनेटमा जर्सी नम्बर १६ का दिपकुमार लामाले गोल गरेका थिए । बस्नेत र लामाको गोलसँगै आर्मी सेमिफाईनलमा प्रवेश गरेको छ । विहीवार त्रिभुवन क्लब आर्मी र सुदुरपश्चीमाञ्चल फाईनलकालागि भिड्ने छन् ।

पश्चिमाञ्चल र नेपाल पुलिस क्लबविचको खेल तुलसीपुरको अरनिको खेल मैदानमा जारी छ । प्रतियोगिताको पहिलो हाफको ३५ मिनेटसम्म कुनै टिमले गोल गर्न सकेका छैनन् । यो खेलमा विजयी हुने टिमले एपीएफसँग खेल्ने छ ।

जिल्लाको घोराही र तुलसीपुरमा भईरहेको प्रतियोगिताको फाईनल खेल माघ ६ गते घोराहीमा हुने जिल्ला फुलबल संघ दाङका महासचिव नरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा पाँच विकास क्षेत्रबाट एक÷एक ५ र तीन वटा विभागीय टोली गरि कूल आठ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*