Home / Feature Breaking news / पूर्व राजाद्धारा अम्वीकेश्वरी र गोरक्ष मन्दिरको दर्शन

पूर्व राजाद्धारा अम्वीकेश्वरी र गोरक्ष मन्दिरको दर्शन

घोराही, २१ मंसिर
पश्चीम नेपालको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रवार दाङमा धार्मीक स्थलको दर्शन गरेका छन् । शुक्रवार दिउसो करिब १ बजे दाङ आईपुगेका पूर्व राधा शाहले जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्बीकेश्वरी मन्दिर र घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको गोरक्ष रत्ननाथ मन्दिरको दर्शन गरेका थिए ।

त्यस अवसरमा बोल्दै शाहले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदँै दाङम आएर दंगाली जनतासँग भेट्न पाउदा पूजापाठ गर्न पाउदा खुसी लागेको भन्दै फेरि पनि दाङ आउन पाँउ भन्दै आयोजक एवं सम्पूर्ण दंगालीलाई धन्यवाद दिए ।

त्यस अवसरमा समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका थिए । पूर्वराजा शाहको स्वागतकालागि समर्थक एवं शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । शाह दिउसो करिब ३ः४५ बजे नेपालगञ्जकालागि गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*