Home / Election / घोराहीमा काग्रेसको बृहत घरदैलो

घोराहीमा काग्रेसको बृहत घरदैलो

घोराही, १८ मंसिर
मंसीर २१ गते हुने निर्वाचनको प्रचारको अन्तीम दिन सोमवार नेपाली काग्रेस क्षेत्र नं.२ ले घोराहीमा बृह्त ¥याली सहित घरदैलो तथा मतदाता भेटघाट गरेको छ । घोराहीको पार्टि कार्लालयबाट बाजागाजासहित सुरु भएको ¥यालीले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गर्दै घरदैलो गरेका थिए ।

उमेद्वार सहितको घरदैलोमा करिब ३ हजारको सहभागिता रहेको थियो । घरदैलोका क्रममा हरेक घर तथा पसलमा पुगेका उमेद्वारहरुलाइ मतदाताहरुले फुलमाला एवं टिकाले स्वागत गरेका थिए । मतदाताहरुले स्थानीय एवं विकास गर्न सक्ने आफूहरुको समस्यामा साथ दिने नेताहरुलाई कांग्रेसले यसपटक उमेद्वार बनाएको भन्दै उहाँहरुलाई विजयी बनाउनु सम्पूर्ण जिल्लाबासीहरुको दायित्व भएको मतदाताहरुको भनाई छ ।

नेपाली काग्रेसकै नेतृत्वमा देशले शान्ति र संविधान पाएको भन्दै सहभागीहरुले देशको आर्थिक समृद्धिको नेतृत्व गर्ने जिम्मा समेत नेपाली काग्रेसलाई दिनका लागि आगामी निर्वाचनमा काग्रेसको पक्षमा मत दिन मतदाताहरुलाई अनुरोध गरेका थिए ।

क्षेत्र नं.२ प्रतिनिधिसभाका उम्मेदवार तथा निर्वतमान सांसद राजु खनाल, प्रदेशसभा २ (१) का उम्मेदवार कमलकिशोर घिमिरे, समानुपातिक उम्मेदवारहरु अर्जुनकुमार श्रेष्ठ, सावित्रा राना, पुष्पा वादी, नेपाली काग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्का, निवर्तमान सांसद अनिता देवकोटा, यस क्षेत्रका प्रचार समितिका संयोजक भुपबहादुर डाँगीसहित हजारौको सहभागितामा ट्राफिकचोकबाट सुरु भएको बृह्त¥ याली बजारपरिक्रमको क्रममा अहिले पनि बजार क्षेत्रमा घरदैलो गरिरहेको छ ।

ट्राफिकचोकबाट सुरुभएको ¥याली हस्पीटल रोड, गौतमनगर टोल, दुरसंचार,नयाँबजार,आर्मी व्यारेक,घोराही हस्पीटल,त्रिभुवन पार्क,बालमन्दिर,दामोदरचोक,पुरानोबैठक रोडलगायतका स्थानहरुमा घरदैलो गरेको नेपाली काग्रेस क्षेत्र नं. ३ का सभपाति तथा प्रसार प्रसार समितिका संयोजक भुपबहादुर डागीले जानकारी दिए ।

¥यालीका क्रममा काग्रेसका नेताहरुले कम्युनिष्ट एकदलिय तानाशाही व्यवस्थाको अन्त्यकालागि अहिलेको निर्वाचनमा नेपाली काग्रेसलाई बिजयी बनाउन मतदाताहरुलाई आग्रह गरेका छन । नेपाली काग्रेसको पहलमा जिल्लाको आर्थिक समृद्धिसँगै काग्रेसको नेतृत्वमा नयाँ संविधान ल्याएको भन्दै अव आर्थिक समृद्धिको नेतृत्व दिन समेत मतदातासँग आग्रह गरेका छन ।

घरदैलोका क्रममा नेपाली काग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार राजु खनालले दाङलाई प्रदेश नम्वर पाँचको प्रादेशिक राजधानीसहित जिल्लाको आर्थिक समृद्धिका आफुले पुन उम्मेदवारी दिएको बताउने गरेका छन । ‘दोश्रो संविधानसभाको चुनावमा तपाईहरुको मतले मैले चुनाव जितेको थिए । र,तपाईहरुसँग गरेको प्रतिज्ञा अनुसार नयाँ संविधान जारी गरेर फेरी दाङ जिल्लालाई प्रादेशिक राजधानीसहित जिल्लाको आर्थिकसमृद्धिकालागि भोट माग्न आएको छु ।’ खनालले मतदातासँग भन्ने गरेका छन ।

त्यससँगै खनालले नेपाली काग्रेसले जित्नुपर्ने आवश्यकता रहेको भन्दै नेपाली काग्रेसको रुख चिन्हमा मतदान गरेर काग्रेृसलाई निर्वाचनमा बिजयी बनाउन आग्रह गरेका थिए ।

जिल्लाको बिकास गर्दै पाँच नम्वर प्रदेशको राजधानी निर्माणका लागि पूर्वाधार निर्माण गर्न आफुले घोराही बजारमा फोरलेन सडक निर्माण,कटुवाखोलामा पुल निर्माणका लागि बजेट बिनियोजन,घोराही–सौडियारहुदै धारपानी जोड्ने सडक कालोपत्रे,राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास लगायतका जनताका आवश्यकता र सृद्धिका लागि काम गरेको भन्दै उनले पुन जिल्लाको समृद्धिकालािग आगामी निर्वाचनमा बिजयी बनाउन आग्रह गरे ।

दाङ प्रादेशिक राजधानीसँगै धेरै सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकास लागि तुलसीपुरमा रहेको एयरपोर्टको स्तरउन्नतिसँगै नयाँ अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्नुपर्ने, दाङ उपत्यकालाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्न भ्यू टावर, प्रादेशिक स्तरको अस्पतालको निर्माणसँगै कृषिको विकासका माध्यमवाट आर्थिक आम्दानीलाई वृद्धिसँगै सिचाईको व्यवस्था गर्न सकिने भएको र त्यसको नेतृत्व नेपाली काग्रेसले मात्र गर्न सक्ने खनालको भनाई छ ।

त्यस्तै कार्यक्रममा क्षेत्र नं. २ (१) प्रदेशसभाका उम्मेदवार कमलकिशोर घिमिरेले दाङको समृद्धि र प्रादेशिक राजधानीका लागि आफनो उम्मेदवारी दिएको बताएका छन । दाङको विकास लागि प्रादेशिक राजधानी आवश्यक रहेको र राजधानी दाङमा बनाउन सके जिल्लाको विकासले फड्को मार्ने आफुसँग भिजन भएकाले काग्रेसले आफुलाई टिकट दिएको भन्दै उनले जनतालाई चुनावमा जिताउन आग्रह गरेका छन । दाङका विकासको लहर सृजना काग्रेसले गर्न सक्ने र पाहुना उम्मेदवारवाट केही आशा नगर्न समेत उनले मतदातालाई आग्रह गरेका छन ।

अहिलेपनि कतिपय गाउँमा सडक, शिक्षा, स्वास्थ्य, सिचाई, विद्युत,खानेपानीलगायतका समस्याहरु रहेको भन्दै उनले जनताका समस्या समाधानका लागि आफुले पूर्वाधार निर्माण आफु बिजयी भएपनि जोड दिने बताए । आफुलाई भाषण भन्दा काम गर्न धेरै आउने भन्दै आफुले चुनाव जितेर गएरपनि काम नगरे अर्काे पटक भोट माग्नै नआउन समेत जनतालाई प्रतिवद्धता गरे ।

कार्यक्रमका अन्य सहभागीहरुले एकतन्त्रीय कम्युनिष्ट शासनवाट बचाउनकालागि जनतालाई नेपालीकाग्रेसवलाई बिजयी बनाउन आग्रह गरे । कम्युनिष्टहरुका कारण देश विकास नहुने र पुन हत्याहिंसामा फस्ने खतरा रहेको भन्दै सहभागीहरुले देशलाई कम्युनिष्ट शासनवाट बचाउनका लागि अहिले जनताहरु जाग्नुपर्ने बताएका छन ।

कम्युनिष्टकाकारण देशका विकास हुन नसक्ने भन्दै उनीले कम्युनिष्टका कुराहरुमा विश्वास नगर्न आग्रह गर्दै माओवादी र एमालेलेको मिलनले देशलाई माओवादीको शसस्त्र द्धन्द्ध जस्तै शासन व्यवस्था ल्याउन खोजेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*