Home / Election / कांग्रेसले यो निर्वाचनमा दाङका सबै क्षेत्र जित्छः पुन

कांग्रेसले यो निर्वाचनमा दाङका सबै क्षेत्र जित्छः पुन

घोराही, १७ मंसिर
दाङको समृद्धिकालागि नेपाली काग्रेसले चुनाव जित्नु पर्ने सिचाई राज्यमन्त्री अमरसिंह पुनले बताएका छन् । दोश्रो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनलाई लक्षित गरेर नेवार समुदायले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिचाई राज्यमन्त्री पुनले नेपाली काग्रेसकै पहलमा दाङमा विकास भएको भन्दै प्रादेशिक राजधानीसहितको जनताको समृद्धिकालागि पनि काग्रेसले जित्नुपर्ने बताए ।

‘२०७० को निर्वाचनमा जनताहरुले नेपाली काग्रेसका उम्मेदवारहरुलाई जिताएकै कारण दाङका लमही–तुलसीपुर सडक खण्डका खोलाहरुसँगै जिल्लाभर नै अहिले पुलसँगै शहरी क्षेत्रमा सडक विस्तारको काम भैरहेको छ’– मन्त्री पुनले भने । पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउनेदेखि जिल्लाको आर्थिक, सामाजिक,सास्कृतिक विकास काग्रेसवाट मात्र सम्भव रहेको भन्दै मन्त्री पुनले भगौडा उम्मेदवारवाट दाङको विकास संम्भव नरहेको बताए ।

क्षेत्र नम्वर २ प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरालाई इंगित गर्दै सिचाई राज्यमन्त्री पुनले शान्ति प्रक्रिया सुरु भएको दश बर्षको अवधिमा उनले रोल्पाको बिकास गरेको भए चुनावका लागि रोल्पा छोड्न नपर्ने बताए । ‘रोल्पाको विकास नगरेकै कारण जनताले निर्वाचनमा हराउने डरले रोल्पा छोडेर केही उम्मेदवारहरु दाङ झरेका छन ।’–मन्त्री पुनले भने–‘दाङका जनताहरु सजक हुनुहोला । उनी विकास गर्ने उम्मेदवार होइनन्, विनास गर्ने हुन् ।

आप्mनो ठाउँमा विकास गरेको भए चुनावको बेला अर्काको ठाउँमा आउनुपर्ने थिएन ।’ दाङ राप्तीसँगै पश्चिम नेपालको राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक र सांस्कृतिक केन्द्र रहेको बताए । कार्यक्रममा दाङ प्रतिनिधिसभाका २ का उम्मेदवार राजु खनालले दाङको विकाससगै पाँच नम्वर प्रदेशको राजधानी ल्याउनकालागि आफुले उम्मेदवारी दिएको बताए ।

दोश्रो संविधानसभाको निर्वाचनमा जनतासँग गरेको बाचा अनुसार आफुले संविधान लिनेसँगै दाङका खोला तथा नदिहरुमा पुुल, सडक निर्माण र विस्तार, सिचाई, खानेपानी, विद्युत लगायतका कामहरु गरेकाले आँफु पुन जनता समक्ष विकास समृद्धिकालागि भोट माग्न आएको बताए । कार्यक्रममा उपस्थीत मतदाताहरुलाई सम्बोधन गर्दै उम्मेदवारले खनालले भने–‘म यहि घोराहीबासी हु ।

तपाईहरुकै घरको मान्छे हुँ । पहिलो संविधानसभाको निर्वाचनमा यहिबाट चुनाव जितेका कृष्णबहादुर महरा र दोश्रो संविधानसभाको निर्वाचनमा चुनाव जितेको म ।

अव हामी दुईका विचमा चुनाव हुदैछ । दुईमा कसले दाङको विकासका लागि के–के काम गरेका छन । मुल्याङ्कन गरेर भोट दिनुहोस ।’ काग्रेस विकासप्रेमी पार्टी भएको दाङको लागि धेरै विकास गरेको समेत उनको भनाई छ । सोही कार्यक्रममा दाङ क्षेत्र नं. २ प्रदेशसभा १ का उम्मेदवार कमलकिशोर घिमिरेले आप्mनो ठाउँको विकास र समृद्धिका लागि आप्mनै ठाउँका उम्मेदवारहरुलाई भोट दिएर जिताउन आग्रह गरे । ‘पाहुन उम्मेदवारहरुलाई भोट दिएर पछि पछुताउने दिन आउन नदिनुहोस् ।’–घिमिरेले भने– ‘बेलैमा सोच्नुहोस ।

दाङको विकास गर्ने पार्टी कुन र कुन उम्मेदवारहरु हुन भनेर ।’ शान्ति प्रक्रिया सुरु भएको दश बर्षसम्म सरकारको महत्वपुर्ण मन्त्रालयले सम्हाल्ने महरा र आफुलाई प्रभावशाली नेता सम्झने शंकर पोख्रेलले अहिलेसम्म दाङको विकास नगरेकै कारण अहिले चुनाव जिताएपछि विकास गर्छु भनेर भोट माग्ने कुनै अधिकार नभएको बताए ।

घिमीरेले महरा र पोख्रेलले दाङका लागि यो गरे भनेर कुनै एउटा काम पनि भन्न नसक्ने बताए । कार्यक्रममा समानुपातिक उमेद्वार सावित्रा राना, अर्जुनकुमार श्रेष्ठ, नेवार समुदायका अगुवा नारायण श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । नेवार समुदायका जेष्ठ नागरिक अमरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सनतकुमार श्रेष्ठले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*