Home / समाचार / घाईते मजदुरलाई यातायात व्यवसायीहरुको सहयोग

घाईते मजदुरलाई यातायात व्यवसायीहरुको सहयोग

घोराही, १३ भदौ
यातायात मजदुर तिलक थापालाई अन्य मजदुरहरुले सहयोग गरेका छन् । ६ महिना पहिले घोराहीबाट मुर्कुटी जाने समयमा दुर्घटनामा परि घाईते भएका ना ४ ख ६४४१ नम्बरको बसका परिचालक थापालाई यातायात मजदुरहरुले नगद ११ हजार ७ सय रुपैया सहयोग गरेका हुन् ।

सहयोग रकम आज मंगलवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । सो रकम राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष भरतनाथ योगीले घाईते थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस अवसरमा यातायत मजदुर हिमाल खड्का, केशव गौतम, तोरण पोख्रेल, केशव घिमीरे, सौगात पाण्डे, गणेश पाण्डे, सरदकुमार श्रेष्ठ, प्रेम रावत, रुद्र महरा लगायतको उपस्थिति रहेको थियो ।

सुशील खत्री (विक्कु) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती समितिका निवर्तमान कार्यालय प्रमुख डा. लोकराज पराजुलीले धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सहजिकरण समीर वलीले गनुएभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*