Home / Feature Breaking news / संगीतले जुराएको ‘सहयात्रा’

संगीतले जुराएको ‘सहयात्रा’

देवेन्द्र बस्नेत

दाङका संगितकार बिपीन आचार्यले २०६६ मा दुईवटा लोकदोहोरी गीतमा काम गर्दै थिए । ती गीतका लागि विपीनले गायीका विष्णु माझीलाई नजरमा पारिसकेका थिए । विपीनका एकजना साथीले गायिकाका लागि नयाँ नाम प्रस्ताव गरे–‘माण्डवी त्रिपाठी राम्रो गायिका हुनुहुन्छ,उहाँलाई राखौँ ।’ विपीनको ‘मुड चेन्ज’ भयो ।

विभिन्न लोकदोहोरी संगै फिल्मी गीतमा चर्चा कमाईसकेकी चितवनकी माण्डवीलाई उनले आफ्नो गीतका लागि रोजे । गीत रेकर्डीङकै क्रममा विपीनले २०६६ मा पहिलो पटक माण्डवीलाई देख्न पाए । ‘उहाँ हेर्दा पनि राम्री र निकै गम्भीर शालीन मुद्रामा देख्दा मलाई धेरै राम्रो लागेको थियो ।’ विपीन सम्झनछन्–‘नाम त सुनिरहेको थिएँ, तर मैले उहाँलाई राम्रो गायीकाको रुपमा त्यो बेला बुझ्न पाएँ ।’

माण्डवी त्यो बेला ‘ढल्क्यो ढलक्यो जोवन मेरो तिमी तिरै सानु’ बोलको गीतबाट चर्चामा थिईन् । गीतमा भरिएको माण्डवीको स्वरले झनै आकर्षीत भए । फलस्वरुप उनि माण्डवीसँंगको सांगितीक सम्वन्धको सामीप्यता कस्ने योजनामा पुगे । त्यसो त, पहिलो भेटमै माण्डवीको मन पनि विपीन प्रति प्रभावित बन्योे । ‘पहिलो भेटमै उहाँ मायाँलु लाग्यो,’माण्डवीले भनिन् ‘हेर्दा पनि शालिन भद्र उहाँको स्वभावले मलाई उहाँ प्रति आत्मीयताको भाव प्रकट भयो ।’

bipin1पहिलोभेटबाटै एक अर्का देखि प्रभावित विपीन—माण्डवी सांगितीक यात्रामा नजिकका सहकर्मीका रुपमा दरिए । बिपीनका लागि आफुले उत्पादन गर्ने गीतमा पहिलो ‘च्वाईस’ माण्डवी बन्न थालिन् । माण्डवीलाई पनि यो सहयात्रा प्रीय लाग्दै थियो । पहिलो चरणका दुई वटा दोहोरी गीतमा माण्डवीको आवाज राखेका विपीनले तेस्रो गीतका रुपमा आधुनिक गीतमा माण्डवीको स्वर मागेका थिए ।

संगीत यात्राका क्रममा तयार भएको यो आत्मीयता झन् मजबुत बन्दै गयो । तर दुबै जना भन्छन् ‘सम्वन्ध केबल कलाकारिताको मात्रै थियो ।’ तर दुबैजनाको भनाई सुन्दा माण्डवीले विपीनलाई मन पराईसकेकी थिईन् । ‘ठ्याक्कै मायाँ नै बसेको भन्न त मिलेन’ उनले हाँस्दै भनिन्– ‘तर मायाँलु चाँही साह्रै लाग्थ्यो ।’

२०६७ मा दाङ तुलसीपुरका विपीनको विवाहको कुरा चल्यो । घरपरिवारले प्रेमीका भए नभएको सोधे । विपीनले आफ्नो प्रेमिका नभएको जनाउ दिएपछि विपीनका लागि जोडी खोज्ने रस्साकस्सी चल्न थाल्यो । अन्नतः वैवाहिक प्रस्ताव उनै संगीत सहकर्मी माण्डवी कहाँ पुग्यो । यो काममा सेतुको काम गरेकी थिईन् विपीनकी बहिनीले । ‘माण्डवीसंग बहिनीको पनि चिनजान थियो, उसले नै माण्डवीसँग विवाहको कुरा चलाउँ भनेर मलाई सोधेकी थिई’ विपीनले सम्झीए–‘तर मैले कलाकारीताको सम्वन्ध पनि टुट्ला भनेर यो कुरामा सहमती जनाएन ।’ तर बहिनीले माण्डवी सम्म कुरा पु¥याई छोडीन् ।

bipin3

संगित सहयात्राका क्रममा भेटिएका ‘मायाँलु मान्छे’ विपीनको प्रस्तावलाई माण्डवीले स्वीकार गरिदिईन् । ‘माण्डवी सम्म यो कुरा पुगेपछि सम्झौता भयो,’ विपीनले भने । यो सम्झौता पछि विपीन र माण्डवीबीचको सम्वन्ध संगीतमा मात्रै सिमित रहेन । उनीहरु संगै घरजम गरेर बस्ने योजना बुन्न थाले । तर परिवारको समर्थन दुबै पक्षले चाहेका थिए ।

२०६७ मंसिर २९ मा माण्डवीको परिवार र बीपीनको परिवार काठमाडौँमै भएका बेला विपीन माण्डवीलाई माग्न गईपुगे । पारिवारीक सहमती पनि भयो । अन्ततः २०६६ मा गीत रेकर्डिङका क्रममा स्टुडियोबाट सुरु भएको कलाकारीताको सम्वन्ध विवाहमा परिणत भयो । उनिहरुले सोही बर्षको माघ २४ गते विवाह गरे । ‘हाम्रो विवाह संगीतले नै जुराई दियो,’माण्डवी भन्छिन् ‘संगित सहयात्री हुँदा हुँदै दम्पत्ति बनियो ।’

नेपाली सिने क्षेत्र, आधुनिक तथा लोक दोहोरी क्षेत्रकी ‘स्टार’ गायिका माण्डवी र विभिन्न चलचित्रमा संगीत दिएका संगीतकार विपीन संगित यात्रामा एक अर्काका झनै सहयोगी बन्न पुगे । ‘विवाह भएपछि हामीहरु दुबैजनालाई गीत संगितको काम गर्न झनै धेरै सजिलो भयो’ विपीन भन्छन्–‘पहिला सँगसँगै रहेपनि आ–आफ्ना लागी काम गथ्र्यौँ, तर अहिले दुबैका लागि दुबैले मेहनत गर्छौँ ।’ उनीहरुले अहिले हप्तामा कम्तिमा दुईवटा गीतमा सामुहिक काम गर्छन् ।

नेपाली संगीत क्षेत्रले जुराईदिएको विपीन—माण्डवी जोडी संगित ब्राण्डका रुपमा समेत दरियो । उनिहरुको नामको अंग्रेजी पहिलो अक्षरबाट नाम जुराएर एम.बि गीत रेकर्डिङ स्टुडियो नै सञ्चालनमा ल्याए । विपीनका अनुसार यो दम्पत्तिको योजनामा संगितमा नयाँ केहि गरौँ भन्ने त थियो । तर रेकर्डिङ स्टुडियोनै खोलिहाल्ने भन्ने हिम्म्त चाहिँ जुरेको थिएन । यसमा साहस दिने काम गरेका थिए गीतकार दयाराम पाण्डेले । ‘सुरुमा उहाँ (दयाराम) ले स्टुडियो खोलौँ भनेर हामीहरुलाई उत्साहित बनाउनु भयो,’ विपीनले भने ‘तर स्टुडियो खोल्ने योजनामा पुगेपछि हामीहरु एक्लै पर्यौँ ।’ तर माण्डवी यो येजाना देखि निकै डराएकी थिईन् । ‘यति ठूलो लगानी गर्दाखेरी फस्ने होकी भन्ने चिन्ता साह्रै थियो,’माण्डवीले भनिन् ‘तर साहसै ठूलो कुरा रहेछ ।’ तर स्टुडियोले उनिहरुलाई सफलता दियो । विपीनको अधिकांश समय स्टुडियोमै बित्छ ।
माण्डवीलाई गायनमा भ्याई नभ्याईनै हुन्छ । विपीन संगित संगै गीत एरेन्जर तथा कुशल रेकर्डिष्ट पनि हुन् । यसअलावा उनले गीत लेखनमा पन दक्षता राख्छन् । माण्डवी भने नेपालकै ‘फिमेल सिंगर’मा स्टारका रुपमा चिनिन्छन् । झण्डै दुई हजार गीत गाईसकेकी माण्डवी उत्तिकै व्यस्त गायिकाका हुन् । नेपालसंगै विभिन्न बाहिर मुलुकमा समेत उनको ‘लाईभ गायकी’को खोजी अत्यधिक रहँदै आएको छ । यसपटकको तीज पर्वलाई लक्षीत गर्दै यो जोडीले तीज गीतहरु समेत सार्वजनिक गरेको छ । वीपीनको संगितमा मा माण्डवीले आवाज दिएका गीतहरु अहिले सार्वजनिक भईसकेका छन् ।

bipin
संगीतकर्मबाट जीवन सहयात्राका रुपमा परिणत भएका माण्डवी विपीन अहिले काठमाडौँमै रहेर संगित यात्रामा हराईरहेका छन् । विपीन भन्छन् ‘हाम्रो परिवारमा अधिकांश समय संगितकै मात्रै कुरा हुन्छ ।’ उनीहरुबीच संगीतलाई कसरी राम्रो बनाउने गम्भीर छलफल भैरहन्छ । यसर्थ एकले अर्कोलाई साथ तथा सुझाव दिईरहेकै हुन्छन् । ‘मैले कम्पोज गरेको गीतहरुमा पनि माण्डवीले अँझ सुहाउदो बनाउनका लागि परिमार्जन गर्न उचित सल्लाह दिन्छीन्,’विपीन भन्छन्–‘उनको गायकीमा पनि मैले सुझाव दिईरहन्छु, यसर्थ हाम्रो परिवार पूर्ण संगितमय परिवार बनेको छ ।’ आमा बुवाको यहि संगितकर्मकै फल होला, उनका तीन बर्षिय छोराको झुकाव पनि संगित प्रति बढ्दै जान थालेको छ । ‘बाबु आमाको काम सिकेको होला,छोराले पनि गीत गाउन थालिसकेको छ,’ माण्डवीले हाँस्दै भनिन्– ‘हेरौँ ठूलो भएपछि उसको चाहना कतातिर लाग्ने हो ।’
संगितसंगै दुईवटा मण्टेश्वरी स्कुलका मालिक समेत रहेका विपीन माण्डवी संगितलाई आर्थिक पाटोसंग जोड्दैनन् । उनिहरु भन्छन् ‘यो त संगित प्रतिको क्रेजीपन मात्रै हो ।’ तथापी संगितयात्रालाई पूर्णबिराम लगाउने योजनामा भने उनिहरु छैनन् । ‘संगितमा लागियो,सिकियो, धेरै काम पनि गरियो,’माण्डवीले भनिन् ‘अब यो यात्रालाई आँफूले सक्दा सम्म पूर्ण बिरामी लगाउँदैनौ, जहिले सम्म सक्छौँ,संगितकर्मबाट हार्दैनौ ।’ अहिले सम्म हज्जारौँ गीतमा मेहनत गरिसकेका विपीनको पनि यो सांगितिकी यात्राबाट टाढिने योजना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*