Home / समाचार / दरबन्दी मिलानप्रति शिक्षक संघको आपत्ति

दरबन्दी मिलानप्रति शिक्षक संघको आपत्ति

घोराही, ११ साउन
नेपाल शिक्षक संघ दाङले आफुहरुको सहमती विना १ सय ५७ जना शिक्षकहरुको दरबन्दी मीलानको नाममा अपायक सरुवा गरेकोमा आपत्ती जनाएको छ । संघका अध्यक्ष युवराज वस्नेतको अध्यक्षतामा वुधवार बसेको वैठकले जिल्ल्ला शिक्षा कार्यालय दाङले शिक्षकहरुको संगठनहरुँंग सल्लाह नगरी गरिएको अपायक सरुवाको विरोध गर्दे एक्त कदमलाइ अस्वीकार गर्ने जनाएकोे छ ।
संघले यस विषयमा शिक्षकहरुका अन्य संगठनहरुसँग छलफल गरी एउटै धारणा वनाउने पनी जनाएको छ । यसैगरी बैठकले दरवन्दी मीलान सम्वन्धमा ऐन नियमको परिधिभित्र रही कार्यरत शिक्षकहरुलाइ घर पायक हुने अधिकक्तम वैज्ञानीक आधार निमार्ण हुन सक्ने अवस्थामा मात्र शिक्षक दरबन्दी मीलान कार्यमा आफुहरुको सहमती हुने पनी संघले जनाएको छ । यसैगरी तुल्सीपुर उपमहानगरपालिकाकोे स्थानीय अधिवेसन समझदारी सहमति गराइ सर्वसम्मत कार्यसमिति निर्माण गर्ने कार्यलाई निरन्तरता दिदै साउन २८ गते निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । यसका लागी गेहेन्द्रराज शर्माको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन समिति बनाएको छ । समितिको सदस्यहरुमा प्रकाश डाँगी, पूर्णबहादुर खत्री, शुशीला भटराई, लक्ष्मी न्यौपाने र सुशीला डाँगी रहनु भएको छ । यसैगरी नेपाल शिक्षक संघका स्थानीय एकाइको कार्य समीतीलाइ विभीन्न विषयमा सुसुचीत गर्नका लागी भदौ १३ गत १० वटै स्थानीय एकाइका अध्यक्ष, उपाध्यक्षहरु र सचिवहरु सम्मका पदाधिकारीलाइ समावेश गरी कार्याशाला गोष्ठी गर्ने, नेपाल शिक्षक संघको हरेक स्थानीय वडा तथा विद्यालयमा स्थानीय समीती गठन गर्ने कार्य सम्पन्न गर्न हरेक स्थानीय समीतीलाइ जिम्मेवारी दिने निर्णय पनी संघको आजको वैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*