Home / Feature Breaking news / सवारी दुर्घटनामा धेरै पर्ने उमेर २५ देखी ४०

सवारी दुर्घटनामा धेरै पर्ने उमेर २५ देखी ४०

विमला घर्ती
घोराही, ८ साउन
दाङमा सवारी दुर्घटना परी ज्यान गुमाउनेहरुमा २५ देखि ४० बर्षसम्मका व्यक्तीहरु धेरै रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कमा आर्थिक बर्ष २०७३÷०७४ मा सवारी दुर्घटनामा परी ज्यान गुमाउने उमेर समुह २५ बर्षदेखि ४० बर्ष सम्मका धेरै रहेको देखाएको हो ।

यो उमेरका व्यक्तीहरु एक वर्षमा भएका सवारी दुर्घटनामा १ सय ५ जना परेका छन् । यसैगरी १६ देखि २५ बर्षसम्मका ३७ जना तथा ४० बर्षदेखि माथिका ३० जना दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लेले २५ बर्षदेखिमाथिका व्यक्तिहरुले लाईसेन्स प्राप्त गरेको, सवारी साधनमा पहुँच, ट्राफिक नियमको पालनामा लापरवाहीले यो समुहका व्यक्तिहरु धेरै दुर्घटनामा पर्ने जानकारी दिनुभयो । यो उमेर समुहका व्यक्तीहरुले धेरै मादक पदार्थ सेवन गर्ने भएकाले पनि दुर्घटना हुने गरेको प्रमुख वाग्लेको भनाई रहेको छ ।

ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार मुख्य राजमार्ग सडकमा ६१ वटा सवारी दुर्घटना भएका छन् । त्यसैगरी सहरी सडकमा ४४ वटा दुर्घटना भएका छन् भने ग्रामीण सडकमा ३५ वटा दुर्घटना भएको तथ्याङ्क उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*