कक्षा ८ मा अध्ययन गर्दा राजनितिक नसा लाग्यो उनलाई । सानै उमेरदेखी नै उनी विद्यार्थी राजनितिमा आवद्ध भए । २०४८ सालमा नै मावि रझेनामा अध्ययन गर्दा उनी नेविसंघको राजनिती सुरु गरे । ८ कक्षा उतिर्ण भएपछि उनी निजी विद्यालयमा भर्ना भए । त्यसपछि उनलाई राजनिती गर्ने वातावरण भएन । एसएलसी उतिर्ण पछि उनी महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । यो क्याम्पस पहिलेदेखी नै राजनितीको अखडा हो । जहाँ विद्यार्थीहरु राजनिती सुरु गर्छन् । यसले सकारात्मक र नकारात्मक प्रभाव पारे होला । विद्यार्थी राजनितीको बलियो जग बनेको यस क्याम्पसमा दिनेशले पनि क्रियाशील राजनिती सुरु गरे । उनी क्याम्पसमा अध्ययनरत हुँदा क्याम्पमा गठन भएको स्ववियूको सल्लाहकार भएर भूमीका निर्वाह गरे । जहाँ उनले धित मरुञ्जेल विद्यार्थी राजनिती गरे । पढाईकै शिलशीलामा उनी राजधानी पसे । काठमाडौमा गठन भएको दाङ—काठमाडौँ सम्पर्क समितिको सल्लाकार भएर काम गरे । काठामाडौमा पनि विद्यार्थी राजनिती गर्दागर्दै उनले आफ्नो पढाई पनि सक्काए ।
समाजशास्त्रमा एम.ए अध्ययन पुरा गरिसकेका दिनेश हाल नेपाली कांग्रेस घोराही नगरका सचिव छन् । लामो समय विद्यार्थी राजनिती गरेर पार्टिको राजनितीमा आएका दिनेश सफल युवा नेता हुन् ।
३८ वर्षीय दिनेश अधिकारी घोराही उपमहानगरपालिका १८ निवासी हुन् । समाजसेवा उनको पहिलो प्राथमीकता हो । सरल, सहज, लोकप्रीय एवं विकासप्रेमी नेताका रुपमा आफूलाई परिचित बनाईसकेका दिनेश सक्षम युवा व्यक्तित्व हुन् । उनी अहिले स्थानीय तहको निर्वाचनकालागी वडा अध्यक्षका उमेद्वार बनेका छन् । नेपाली कांग्रेसतर्फबाट घोराही उपमहानगरपालिका वडा नम्बर १८ बाट उमेद्वार बनेका दिनेश सक्षम एवं योग्य उमेद्वारको रुपमा खडा छन् । पार्टिले दिनेशलाई योग्य र सक्षम वुद्धिजिवी युवा नेता भएको भन्दै उमेद्वार बनाएपछि उनी अहिले चुनावी अभियानमा व्यस्त छन् । वडाबासीहरुको चर्को दबाब र माग अनुसार नै उनी उमेद्वार बनेका हुन् ।
वडालाई नमूना बनाउने उद्धेश्यकासाथ दिनेश निर्वाचनमा होमीरहेको समयमा उनले वडा नम्बरलाई नमूना र विकासपूर्ण बनाउने बताउछन् । वडामा सडक, खानेपानी (प्रत्यक घरमा धारा), विद्युत, शिक्षा र स्वास्थ्यको लागी सुविधा सम्पन्न बनाउने उनको योजना छ । वडामा रहेका प्राकृतिक सम्पदालाई सदुपयोग गर्दै झिम्टीकोट, घोरदौरामा भ्यू टावर बनाउने, सालघारी, मसिना, सुपौलाखुटी क्षेत्रलाई कृषीस् पकेट क्षेत्र बनाउने, हात्तिखर्क, सुँगुरे, घोरदौरालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, विभिन्न क्षेत्रमा पिक्नीक स्पोर्ट बनाउने उनले योजना अगाडी सारेका छन् ।
यस्तै वडामा रहेका अम्वीकेश्वरी मन्दिर अम्वापुर र नागेश्वर मन्दिर मसिनाको स्तरवृद्धि गर्ने उनले बताए । साविक वडा नम्बर ५ र ६ लाई जोड्नकालागी सडकमार्ग र कटुवाखोलामा पुल निर्माण गर्ने आफ्नो संकल्प भएको र वडाबासीहरुको मतले आफू विजयी हुनेमा विश्वस्त रहेको भन्दै प्रतिवद्धता अनुसार योजना पुरा गर्ने बताए । साथै आफूलाई मतदान गरेर विजयी बनाउन उनले सम्पूर्ण वडाबासीहरुमा अनुरोध पनि गरे ।