Home / मनोरञ्जन / फिट मोडल ‘पुजन’

फिट मोडल ‘पुजन’

दाङ, १३ मंसिर ।

चहकिलो चेहरा । सलक्क परेको जीउडाल । अभिनयमा कलात्मक जादु छर्न सक्ने सामथ्र्य । नृत्यमा समेत ‘फिट’ । यहि कौशलताले मोडलिङको ‘‘हिट लिस्ट’ मा नाम दर्ज गर्ने आत्म विश्वास पलाएको छ । कलाकारीता क्षेत्रमा सुन्दर गहनाकै रुपमा भित्रिएकै कारण पुजन घिमिरेमा ‘नामी’ मोडलको रुप देख्नेहरुको ताँती लागिसकेको छ ।

तथापी यो सफलताले उनलाई पुलक्कीत भने पारेको छैन । उनि भन्छिन् ‘संघर्ष सकिने चिज हैन, यो जीवनपर्यन्त चलिरहन्छ, यसर्थ मेरो संघर्ष मेरो जीवनकाल सम्म रहिरहने छ ।’

pujan1

दुई बर्ष अघि,चितवनको सौराहमा महोत्सव चलेको थियो । मोडल बन्ने अधिक रुचि राख्ने चितवन टाँडीकी पुजन उक्त महोत्सवको स्टेजमा कलाकार बनेर उभिईन् । नृत्यका लागि स्टेज उक्लिएकी उनले प्रस्तुती राखिन् ।

पुजनको दमदार नृत्यले त्यहाँ सहभागी कलाकर्मीहरुको मन छोयो । म्यूजिक भिडियोका लागि प्रस्तावहरु आउन थाले । तथापी परिवारको अनुमती पाउने नपाउने दुविधा थियो । ‘म सौराहमा नाचेको देखेर एकजना दाईले गीतमा खेल्नु पर्छ भनेर मेरो बहिनी मार्फत सुझाव दिनु भयो,’उनले भनिन् ‘घरमा यो कुरा सुनाएँ, ममीले सहमती जनाउनु भयो ।’

कलाकारीताको औपचारिक यात्रा त्यहि चितवनबाट भयो, तीज गीतको भिडियोबाट । अर्को बर्ष पनि तीजको अर्को गीतले उनको कलाकारीता यात्रामा अर्को ईटा थपिदियो । ‘पहिलोे गीतमा मैले गरेको नृत्यलाई देखेर पनि धेरैले गीतका लागि अफर गर्नु भयो,’उनि भन्छिन् ‘दोस्रो गीतलाई पनि धेरैले मन पराईदिनु भयो ।’

अध्ययनका क्रममा उनि काठमाडौँ हानिईन् । चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौँमा पाईला टेकेकी पुजनका लागि काठमाडौँ कलाकारीता क्षेत्रका लागि पनि उत्तिकै सहज थियो नै । उनि अध्ययनसंगै यो क्षेत्रमा पनि आफ्नो लगाव राखिरहन्थीन् । फलतः गत बर्ष उनको यो क्षेत्रमा काठमाडौँमा गतिलो साईत जुर्यो, जतिबेला चर्चित गीत सर्जक तथा गायक बसन्त थापा र शिलु भट्राईको गीतमा भिडियो गर्ने अवसर जुर्यो ।

pujan

यो अवसर पुजनका मामा ओबी रायमाझीले जुराईदिएका थिए । ‘अध्ययनका लागि भनेर काठमाडौँ पसेको म ,कलाकारीतामा पनि उत्तिकै खट्न थालेँ,’उनले भनिन् ‘गत बर्ष बसन्त थापा दाजुको पन्चेबाजा गीतमा भिडियो गर्ने अवसर पाएँ, जुन मेरो यो फिल्डको अरिअरका लागि ठूलो अवसर बनिदियो ।’

यो गीतले पुजनलाई कलाकारीता क्षेत्रले आफ्नो नजरमा पारिदियो । त्यसपछि उनका लगातार गीतहरु आउने क्रम सुरु भयो । ‘तोरी पहेँलै’ बोलको दाङका नरेश खाती र मेक्सम खातीले निर्माण गरेको गीतमा उनको अभिनयको जादु नै चल्यो । यहि गीतले उनलाई कलाकारीता क्षेत्रमा झनै राम्ररी चिनाउन सफल भयो । यसैगरि ‘सेल्फी हान्दै’बोलको गीतमा रामजी खाँडको सहयात्री बनेर नृत्य गर्न पाउनु उनका लागि अर्को गतिलो अवसर जुरिदियो ।

‘छोटो समयमा राम्रा राम्रा कलाकर्मीहरुसंग संगै रहेर काम गर्ने अवसर पाएँ,’ उनले भनिन् ‘यसले पनि मलाई चिनिने मौका मिल्यो ।’ सुरुवाती चरण देखि लोकगीतमा अभिनय गर्दै आएकी पुजनका लागि अर्को सुझाव आयो ‘अब आधुुनिक गीतमा अभिनय गर्नु पर्छ ।’

आफ्नो लुक्स आधुनिक गीतमा बढि सुहाउने भन्दै कलाकर्मीहरुबाट आएको सुझावलाई शिरोपर गर्दै उनि आधुनिक गीतमा अभिनय गर्ने योजनामा पुगिन् ।

अन्ततः चर्चित गायक राज सिग्देलको आधुनिक गीतमा काम गर्ने अवसर उनलाई जुर्यो । उनले सिग्देलको ‘लहर आयो’बोलको गीतमा अभिनय गरेकी छिन् । एक दर्जन बढि गीतहमा अभिनय गरिसकेकी पुजनको केहि दिन अघि मात्रै ‘फूलबुट्टे चोली’बोलको गीत बजारमा आएको छ ।

‘लुक्स’मा औधि रुचाईकी पुजन यो क्षेत्रबाट मिलेको मायाँबाट अलग हुन नसक्ने वताउँछिन् । त्यसोत, कलाकारीता क्षेत्रमा विविध चुनौतीहरु छन् । उनि विश्वस्त पनि छिन् यि चुनौतीहरु सहजै समाधान हुने छन् ।

‘चुनौतीहरु कुन काममा हुँदैन र यो क्षेत्रमा पनि प्रतिष्पर्धाको चुनौती धेरै ठूलो छ,’ उनले भनिन् ‘तैपनि सहज तरिकाले चुनौतीहरु समाधान गरेर अघि बढ्ने योजनामा छु ।’ अहिले विभिन्न नेपाली चलचित्रहरुका लागि समेत अभिनयका लागि अफर भएको भन्दै उनले राम्रो ब्यानरको चलचित्रको पर्खाईमा रहेको वताईन् ।

सामाजिक अभियन्तासंगै अब्बल कलाकार बन्ने योजना बुनेकी उनि भन्छिन् ‘मलाई कलाकारीता क्षेत्रमा मेरो परिवारले पनि ठूलो साथ दिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*