Home / मनोरञ्जन / चलचित्र ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुस्)

चलचित्र ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुस्)

दाङ, १४ साउन

चलचित्र ‘छक्का पन्जा ३’को पहिलो नम्बरमा बोलको गीत सार्वजनिक भएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*