Home / Election / स्युजाबासी भन्छन्– ‘हामी भोट दिन्छौ तपाई पानी दिनुस्’

स्युजाबासी भन्छन्– ‘हामी भोट दिन्छौ तपाई पानी दिनुस्’

स्युजा, १० मंसिर
बगलाचुली गाऊपालिका वडा नं.१ टाकुरा निवासी इश्वर रोकाले आफनो क्षेत्रमा विकास गर्ने नेतालाई भोट दिने बताए ।‘ गाउँमा राम्रो बाटो छैन,बत्ति बाल्नलाई विद्युत छैन न तँ पिउनलाई पानी छ ।’ रोकाले भने–‘हामीलाई स्थानीय तहको चुनावमा नेताले खानेपानी,विद्युत पु¥याइदिन्छौ भनेर भोट दियौ तर अहिलेसम्म केही दिएनन् ।’ उनले भने ‘अव ठग नेतालाई भोट होइन घरमा खानेपानी र गाउँमा सडक र बत्ति ल्याईदिने नेतलाई भोट दिने हो ।’
चुनाबको समयमा भोट दिनुहोला भनेर आउने तर त्यसपछि मुख नदेखाउने नेता आफुलाई आवश्यक नरहेको रोकाले बताए । ‘हामीलाई भोट वैकको रुपमा प्रयोग गर्ने नेता हामीलाई आवश्यक छैन ’नेपाली काग्रेसका क्षेत्र नंं.२ (१) प्रदेशसभाका उम्मेदवार कमलकिशोर घिमिरेसँगको भेटमा रोकाले भने‘हामीलाई हाम्रा समस्या बुझ्ने नेता चाहिएको छ,भोट दिएर काठमाण्डौ बसाउने नेता चाहिएको छैन ।’

गाउँमा खानेपानी, सडक, स्वास्थ्य, विद्युत, शिक्षालगायतका समसयाहरु रहेका उनले बताए । त्यस्तै गरेर तारमार छिपनका होमवहादुर पुनले आफनो गाऊमा खानेपानी विद्युतको समस्या रहेको बताए । त्यसकारण जसले पानी विद्युतको सुविधा पु¥याउछ त्यसै भोट दिने बताए । उनले भने ‘ जनता विकास चान्छन जसले विकास गर्दछ त्यसैलाई भोट दिने छौ’ ।

विकास नगर्ने नेताहरुलाई भोट नदिने बताए । वगलाचुली गाऊपालिका २ मर्पेस खाडाका मौते पुनले सदरमुकामको नजिकै रहेर पनि अझै पनि विकास पुग्न नसकेको भन्दै गाउँको विकास गर्ने नेतालाई भोट दिने बताए ।

‘चुनाव जिताएर मुख नदेखाउने नेता हामीलाई चाहिएको छैन ।’ उनले भने–‘चुनाव जितेपछि जनताका समस्या बुझने र विकास दिने नेतालाई आफुले भोट दिने हो ।’ सदरमुकामसँगै जोडिएको गाउँको विद्यालय चन्दाको भरमा सञ्चालन हुने अवस्था छ ।

त्यसका लागि नेताहरुलाई सहयोग गरिदिन समेत उनले आग्रह गरे ।’ ‘ भोट माग्ने मात्र होइन स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत पु¥याउनेलाई भोट दिने छौ’ पुनले भने । गाउँमा स्वास्थ्यचौकी नुहदा सामान्य विरामीहरु एपचारकालागि स्वास्थ्य सेवा लिनकालागि सदरमुकाम मै जानु पर्ने वाध्यता रहेको गुनासो गर्दै यसतर्फ नेताहरुलाई पहल गरिदिन समेत आग्रह गरे ।

उनले भने ‘ नेताहरुले पटक पटक आश्वासन मात्र देखाउने गरेका छन्’ । नेपाली कांग्रेसले पहाडी क्षेत्रमा चुनावी सभा गरेका छन् । साविस स्युजा गाविसको मर्पेस तथा वोझ पोखरामा चुनावी सभाका क्रममा गाउँगाउँवाट आएको स्थानीयहरुले गुनासो गरेका थिए । चुनावीसभालाई सम्वोधन गर्दै क्षेत्र नं.२ प्रतिनिधिसभाका उम्मेदवार राज खनालले अव विकासको सुरुवात पिछडिएको क्षेत्रवाट शुरु हुने बताए ।

आफुले संसद भएको अवस्थामा साविक क्षेत्र नं. ३मा विकास गरेको भन्दै उनले आफुलाई मतदान गरेर पुन जनताहरुले जिताए स्युजाको विकासमा कुनै कमि आउन नदिने बताए । पहाडी क्षेत्र भएपनि स्युजालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने धेरै विकासका आधारहरु रहेको भन्दै उनले स्युजाको विकास लागि योजना बनाएर आफु अघि बढ्ने उम्मेदवार खनालले प्रतिवद्धाता गरेका थिए ।

त्यससँगै उच्च शिक्षा, खानेपानी, सडक, विद्युत सेवा पु¥याउन लाग्ने बताए । प्रदेश सभा क्षेत्र नम्वर २ (१) का उम्मेदवार कमलकिशोर घिमिरेले आफु नागरिकलाई आधारभुत सेवा पु¥याउन लागि पर्ने बताए । उनले भने‘ नागरीकले पाउनु पर्ने आधारभुत सेवा पु¥याउन म लागि पर्ने छु’ । पहाडी क्षेत्रमा सडक नहुदा प्रसुति हुदा समेत समयमै अस्पताल पु¥याउन नसक्दा मृत्यु हुने भन्दै सडक निर्माणलाई प्राथमिक्ता दिएर अगाडि वढने बताए ।

नेपाली काग्रेस विकासपे्रमी पार्टी भएको बताए । घिमिरेले ‘ हामी वोलेका कुरा पुरा गरेर छोडछौ,पहिले हामीलाई भोट दिएर बिजयी बनाउनहोस ,विकास नगरेर हामीलाई भन्नुहोला ’ ।

कार्यक्रममा नेपाली काग्रेसका पुर्व जिल्ला सभापति विरकेश्वरी गौतमले हरेका क्षेत्रमा समस्या रहेको भन्दै समस्या समाधान गदै अगाडि वढने बताए । उनले विकासका लागि नेपाली काग्रेसलाई विजयी वनाउन आग्रह गरे । त्यस अवसरमा समानुपातीक उमेद्धार सावित्रा राना, निवर्तमान सांसख अनिता देवकोटा, जिल्ला उप सभापति कमानसिंह भारती, काग्रेस नेता खगराज पाण्डे, गिरीराज सुवेदी, पुष्पा श्रेष्ठ, पुर्णवहादुर मल्ल, देवा पौडेल, पदम खत्री लगाएतकाले बोलेका थिए । कार्यक्रमको सहजिकरण वलदेव मल्लले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*