Home / Feature Breaking news / गृहमन्त्रीलाई गगनको प्रश्न –थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि विभेद किन ?
फाईल फोटो

गृहमन्त्रीलाई गगनको प्रश्न –थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि विभेद किन ?

राजनीतिक, प्रशासनिक, न्यायिक, सुरक्षा संरचना र स्वरुपमा असमावेशी र व्यवहारमा विभेदकारी रहँदै आएकाले यसलाई बदल्ने संकल्प संविधानले गरेको थापाले बताए । त्यही संकल्प कार्यान्वयन गर्न यही संसदबाट अनेकन कानुन बनाइएको र अहिले पनि बनिरहेको भन्दै त्यसको कार्यान्वयन गर्ने सरकारको नियत र क्षमतामा थापाले आशंका व्यक्त गरे ।

“कार्यान्वयन त्यसबेला हुन्छ जतिबेला सरकारले नियत राख्छ, क्षमता राख्छ । तर, तपाईं गृहमन्त्री भइसकेपछि झन् उल्टो पो हुनथाल्यो,” सांसद थापाले भने, “ थारु, मधेसी, दलित, मुस्लिम, महिलामाथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार  विभेदकारी र असंवेदनशील बन्दै गएको छ । सर्लाहीको इश्वरपुरको घटना यसकै एउटा उदाहरण हो, प्रमाण हो ।”

काठमाडौं,२४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रामबहादुर थापा बादल गृहमन्त्री बनेपछि थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि सुरक्षा संयन्त्रको व्यवहार झन् विभेदकारी र असंवेदनशील बन्दै गएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यसो हुनुको कारण क्षमताको अभाव हो कि बद्नियत भन्दै प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*