घोराही, १३ साउन
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र दाङको आयोजनामा आज सामूहिक रक्षाबन्धन, सद्भाव एंव स्नेह मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ ।
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राप्ती क्षेत्रका प्रमुख गिता दिदीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति तथा प्रध्यापक डा.कुल प्रसाद कोईरालाको प्रमुख आतिथ्य एंव जिल्ला प्रहरी कार्यालयका प्रमुख धिरज प्रताप सिंहको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोईरालाले मान्छेको मनबाट आउने विकार,द्धोष जस्ता कुराहरुलाई त्यागेर मनलाई सुमार्गतिर सकारात्मक कुरातिर मोड्न जरुरी रहेको बताउनुभयो । साथै अरुलाई दुःख कष्ट नदिएर गरिने कामहरुलाई नै धर्म भनेर परिभाषा गर्नुभएको थियो भने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले मानिसहरुलाई आध्यात्मीक चेतना साथ समाजलाई सकारात्मक तर्फ डो¥याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख धिरज प्रताप सिंहले हरेक धर्मले आफु पनि बाचँ र अरुलाईपनि शान्तीका साथ बाच्न देउ भनेकाले हरेक ब्यक्तिले आफुलाई सुर्माग, दुष्प्रभावित, विकृति र कुलत जस्ता कुराहरुवाट टाढै रहन अनुरोध गर्नुभयो ।
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयका उर्मिला दिदिले विषयमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण ब्रह्मकुमार माधब तिमिल्सीनाले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh