Home / Feature Breaking news / शिवरात्रीकाे एक हजार लिटर अवैध मदिरा नष्ट

शिवरात्रीकाे एक हजार लिटर अवैध मदिरा नष्ट

घाेराही, २१ फागुन
महाशिवरात्रीकाे अवसरमा बरामद गरिएकाे अवैध मदिरा मंगलवार नष्ट गरिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी धर्नामा रहेकाे पाण्डवेश्वर मन्दिर परिसरमा लागेकाे मेलामा विक्रीकालागी लगिएकाे अवैध मदिरा प्रहरीले बरामद गरेकाे थियाे ।
मेलामा विक्रिकालागी लगिएकाे १ हजार लिटर अवैध घरेलु मदिरा मंगलवार नष्ट गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी निरिक्षक विक्रम कुँवरकाे नेतृत्वमा घरेलु मदिरा नष्ट गरिएकाे हाे ।
मेलाबाट बरामद गरिएकाे शिलप्याक मदिरा भने पसल धनीहरूलाई फिर्ता गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*