दाङ, १८ फागुन
महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा “महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रम” हुने भएको आयोजकले जानकारी दिएको छ ।
महाशिवरात्रीको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै वन वे फिल्मस् प्रा.लिको आयोजनामा सांस्कृतिक कार्यक्रम हुने लागेको हो । सांस्कृतिक कार्यक्रम फागुन १९, २० र २१ गतेसम्म सञ्चालन हुने छ ।
कार्यक्रमको आईतवार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गर्ने तयारी रहेको छ ।
कार्यक्रममा चर्चीत राष्ट्रिय कलाकार लगायत दंगाली कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका सांस्कृतिक संयोजक सविन डाँगीले जानकारी दिनुभयो ।
जसमा नेपाली चलचित्र क्षेत्रका युवा पुस्ताका लोकप्रीय नायक सलोन बस्नेत, नेपाली लोकदोहोरी क्षेत्रकी चर्चीत गायिका शान्ति श्री परियार, गायक तथा मोडल सन्दिप न्यौपाने, मोडल अञ्जली अधिकारी, गायक विक्रम राना, बासुकला मैनाली, समीक्षा सेर्पाईली, देवेन्द्र बस्नेत, पिताम्बर रिजाल, खड्ग शर्मा लगायतका कलाकारहरुको प्रस्तुति रहने डाँगीले जानकारी दिनुभयो ।
कार्यक्रमम उपस्थित हुनकालागी उहाँले सम्पूर्ण दर्शकहरुलाई अनुरोध पनि गर्नुभएको छ ।
RaptiSandesh RaptiSandesh