घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गरेका छन ।
वडा नम्बर १४ ले मंगलवार आयोजना गरेको निर्माण उपभोक्ता निर्माण समिति गठन र विकास निर्माण सम्बन्धी तालिममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो नठाने सम्म दिगो विकास हुन नसक्ने बताएका हुन ।
वडा र नगरका सबै योजनाहरु जनतालाई संबृद्धी सँग जोड्न कै लागि तय भएको भन्दै उहाँले आफ्नै सम्पत्ती ठानेर विकासका योजनालाई गुणस्तरीय बनाउन आग्रह गरे । जबसम्म आफ्नै सम्झदैन तब सम्म माया नहुने भन्दै उनले विकास जनता कै भएको धारणा राखेका हुन ।
निति र कार्यबिधीमा रहेर मात्रै काम गर्न सुझाब दिदै प्रकृयागत ढंगबाट योजनाका कामलाई गुणस्तरीय र दिगो बनाउन आग्रह गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले सबै योजनाहरु विकास सँग जनतालाई जोड्नका लागि तह भएको भन्दै गुणस्तरीयतामा बिषेश ध्यान दिन उपभोक्ताहरुलाई सल्लाह दिइन ।
आफ्नै नठाने सम्म काम प्रभाबकारी, दिगो र गुणस्तरीय हुनै नसक्ने भन्दै उपभोग गर्नेहरुलाई नै विकास गर्ने जिम्मा दिएको बताए । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको तालिममा उपमहानगरका सिनियर डिभिजन इन्जिनियर युवराज पौडेल, लेखापाल प्रकाश विश्वकर्माले योजना सम्झौता, पारदर्शिता र बजेट भुक्तानीका बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, वडा प्रहरी कार्यालयका प्रमुख शशिधर शर्मा, प्राबिधिक हरी बिष्ट, वडाबासी किर्तीमान पुन लगाएतकाले विकासमा सामुहिकता आबश्यक पर्ने बताएका थिए ।
RaptiSandesh RaptiSandesh