Home / Feature Breaking news / महायज्ञमा करिब पाँच लाख दान संकलन

महायज्ञमा करिब पाँच लाख दान संकलन

दाङ, ५ असोज

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा करिब ५ लाख दान स.कलन भएको छ । महायज्ञको पाँचौ दिनसम्म करिब ५ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ को पाँचौ दिनसम्ममा ४ लाख ७८ हजार ७ सय १२ रुपैया दान संकलन भएको लेखा समितिले जानकारी दिएको छ ।

सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा भएको महायज्ञमा

शुक्रवार घोराही १७ निवासी कुलराज घिमीरे र सुष्मा रेग्मी घिमीरेले ५१ हजार १ सय ५५ रुपैया दान गर्नुभएको छ । स्वर्गीय वुवा भोलाप्रसाद शर्मा र स्वर्गीय आमा कृष्णदेखी घिमीरेको स्मृतिमा घिमीरे परिवारले सो रकम  दान गरेको हो ।

शुक्रवार १ लाख २५ हजार १ सय ८८ रुपैया दान संकलन भएको छ ।

‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ सबैभन्दा धेरै घोराही १५ का डा.शास्त्री मोतिलाल डाँगी र उहाँको धर्मपत्नी रमीला डाँगीले १ लाख १ हजार १ सय ११ रुपैया दान दान गर्नुभएको छ ।

यस्तै घोराही १५ का माधव पन्थी र डा.जनार्दन पन्थीले ५१ हजार ५ रुपैया र घोराही १७ का अनन्तराज घिमीरेले ५१ हजार रुपैया दान गर्नुभएको छ ।

महायज्ञमा १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखीएको छ भने १ हजार ८ शालिग्राम परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ । यसका साथै २ हजार ५ सयमा तुलादान गर्ने अवसरको पनि व्यवस्था रहेको महायज्ञ आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*