Home / Feature Breaking news / चार महिलाले खोले इलेक्ट्रिक स्कुटर स्वरुम

चार महिलाले खोले इलेक्ट्रिक स्कुटर स्वरुम

दाङका ४ महिला उद्यमीले पेट्रोलिएम पदार्थको आयातलाइ कम गर्न भन्दै इलेक्टीक स्कुटरको स्वरुम स्थापना गरेका छन ।

घोराही १५ झिंगौरा चौकमा आज एक कार्यक्रमका बिच ग्रिन इनर्जी इभि प्वाइट नामको इलेक्टीक स्कुटरको स्वरुम उद्घाटन गरिएको हो ।

३० लाखको लगानीमा घोराहीका साबित्रा शाहा,अनुष्का श्रेष्ठ,उर्मिला ओझा र श्रद्धा ढकालले स्थापना गरेको स्वरुमको आज एक कार्यक्रमका बिच दाङ उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिङ बुढाथोकीले उद्घाटन गर्नु भएको थियो ।

स्वरुम उद्घाटन गर्दै अध्यक्ष बुढाथोकीले महिला उद्यमीहरुको यो प्रयास प्रसंसनिय रहेको भन्दै यसले नेपालको अर्थतन्त्रलाई मजबुद पार्ने र अन्य महिलाहरुलाई व्यवसायमा आकर्षित गर्ने बताउनु भयो ।

१ लाख ७५ हजार मुल्य रहेको चाइनाको लुयोन कम्पनीले उत्पादन गरेको यो स्कुटर २ देखी ३ घन्टामा फुल चार्ज हुने र एक पटकको चार्जले ७० किलोमिटरको कुद्ने कम्पनीको दावी छ । ध्रुबराज श्रेष्ठ भारीको अध्यक्षता तथा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिङ बुढाथोकीको प्रमूख आतिथ्यमा भएको कार्यक्रमको संञ्चालन बिपिन रजौरेले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*