Home / Feature Breaking news / मतदाता नामावलीकालागी उत्साहजनक सहभागीता, पहिलो दिन २ सय ६८ दर्ता

मतदाता नामावलीकालागी उत्साहजनक सहभागीता, पहिलो दिन २ सय ६८ दर्ता

अमरराज आचार्य
दाङ, २ साउन ।
जिल्ला निर्र्वाचन कार्यालय दाङले फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । जसमा उत्साहजनक सहभागीता रहेको छ । पहिलो दिन आईतवार २ सय ६८ जनाले नाम दर्ता गराएका छन् । जसमा १ सय ६४ जना पुरुष र १ सय ४ जना महिला रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्नकालागी दोस्रो दिन सोमवार पनि उल्लेख्य सहभागीता रहेको छ ।
आयोगको निर्णण अनुसार नै जिल्लामा पनि मतदाता नामावली सङकलन सुरु गरेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । कार्यालयका प्रमुख विजयकुमार कार्कीले निर्वाचन कार्यालयको निर्णय अनुसार नै जिल्लामा पनि फोटो सहितको नामावली सङकलन सुरु गरीएको जानकारी दिए । उनले निर्वाचन कार्यालयवाट नै यस प्रकारको सेवा दिएको जानकारी दिए । कार्यालयका प्रमुख कार्कीका अनुसार ४ स्थानवाट फोटो सहितको नामावली संकलन कार्य सुरु भएको बताए । उनले भने ‘आयोगको निर्देशन अनुसार नै कार्य अगाडि वढाइएको छ’ । उनले कार्यालयमा आएर फोटो सहितको नामावलीमा नाम लेखाउन समेत सवैलाई आग्रह गरेका छन् । यस भन्दा पहिले जिल्लाका विभिन्न स्थानवाट फोटो सहितको नामावली सङकलन भएपनि यस पटक भने कार्यालयवाट मात्र यस प्रकारको सेवा दिन थालिएको छ । यसले गर्दा नामावलीमा नाम समावेस गराउन आउने नागरिकले भने समस्या भोग्नु पर्न छ । नामावलीमा नाम समावेस गराउन आएकी घोराही उप महानगरपालिका नारायणपुरकी सुनरुपी चौधरीले आफुहरुलाई घोराही आएर नामावली नाम समावेस गर्न समस्या परेको बताईन । उनले भनिन‘ एउटै घर परिवारको ६ जना आउनु परेको छ नजिकै भएको भए सजिलो हुुने थियो ।’ नामावलीमा नाम समावेश गराउन आउदा घरको सवै काम छोडनु पर्ने वाध्यता रहेको बताईन । उनले पहिलो पटक फोटो सहितको नामावलीमा नाम समावेस गर्न आएको बताईन । उनले भनिन‘ नामावलीमा नाम नभएको कारण निर्वाचनमा मतदान समेत गर्न पाइएन’ । नामावलीमा नाम नभएकाले आफुले आफनो नेतृत्व चयन गर्न समेत नपाएको बताईन । त्यसैले आफु मतदाता नामावलीमा नाम समावेस गराउन आएको बतााईन । उनी जस्तै घोराही कै ६३ वषर््ीया गिता धिताल पनि आफनो मतदाता नामावलीमा नाम छुटेकाले समावेस गराउन आएको बताईन । उनले भनिन‘ मतदाता नामावलीमा नाम छुटेकाले स्थानिय तहको निर्वाचनमा मत भोट हाल्न पाइएन’ ।

nirbachan

यस भन्दा पहिलेको भएको चुनावमा आफुले भोट हालेको बताईन । उनका अनुसार उनको परिवारमा रहेका ८ जनाकोे नै छुटेको बताईन । आईतावार उनी आफना परिवार सहित निर्वाचन कार्यालयमा पुगेकी थिइन । उनले भनिन‘ निर्वाचनमा मतदान गर्न पाइएन त्यसैले नाम लेखाउन आएको हु’ । उनले आफनो नजिकै वाट नाम दर्ता गराउन पाएको भए सजिलो हुने बताईन । कार्यालयले फोटो सहितको नामावली सङकलन गरेको सुरु गरेको पहिलो दिन नै आफनो नाम मतदाता नामावलीमा समावेश गराउनेहरुको भिडभाड रहेको थियो । जिल्लाका विभिन्न स्थान वाट फोटो सहितको नामावलीमा नाम समावेस गराउन सहभागि भएका थिए । नामावलीमा नाम समावेस गराउनकालागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नै जानु वाध्यता निर्वाचन आयोगले वनाएको छ । आयोगले आगामी प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य समेत सुरु गरेको जनाएको छ । आयोगका अनुसार साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ । आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न भनेको छ । यसअघि जुन सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् । तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन । आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै आलोचना भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*