दाङ, ८ चैत
दाङको भारतसँग सिमा जोडिएको क्षेत्रमा नेपाल तर्फबाट सडक निर्माण हुन थालेको छ । जिल्लाका गढवा र राजपुर गाउँपालीकाले आफ्नो क्षेत्र भित्रका नाकाहरु सम्म पुग्ने र एउटा नाकाबाट अर्को नाका जोड्ने सडक निर्माणका लागी लगानी गर्न थालेका छन् ।
गढवा गाउँपालीकाको कोइलाबास देखि खबरी नाका तर्फ अहिले ट्रयाक खोल्ने काम भैरहेको छ भने राजपुर गाउँपालीकाको खग्राँ, सुनपत्री, गौरीया लगायतका नाकामा सडक निर्माणको काम सुरु हुन लागेको छ ।
सिमा क्षेत्र विकास कार्यक्रम तर्फबाट दुवै गाउँपालीकामा ८०÷८० लाख भन्दा बढि रकम लगानी भैरहेको छ । गाउँपालीका आफैले पनि छुट्टै रकम विनियोजन गरेर सिमा क्षेत्रमा सडक निर्माण गर्न लागेको सम्बन्धीत क्षेत्रका वडा अध्यक्षहरुले जानकारी दिएका छन्
दाङ जिल्लामा भारतसँग सिमा जोडिएका अधिकांश नाकामा नेपाल तर्फबाट यातायातका साधन पुग्ने सडक छैन । अहिले सम्म कोइलाबास नाकामा मात्रै ८ महिना यातायात सञ्चालन हुने गरेको छ । ति सबै नाकामा भारततर्फबाट भने यातायातका साधन सजिलै पुग्न सक्छन् ।
सिमा नाकाहरु देश भित्रका सडक सञ्जालसँग नजोडिदा त्यहाँका बासिन्दाको दैनिकि भारतिय बजारमै निर्भर हुनुपरेको छ भने सुरक्षाको दृष्टिले पनि ति क्षेत्र जोखिममा रहेका छन् । कोइलाबासमा रहेको सिमा सुरक्षा शशस्त्र प्रहरि बलले पैदल गस्तिबाटै ८३ किलो मिटरका ३३ नाकामा सुरक्षा प्रदान गरिरहेको जनाएको छ ।
सडक नहुदा पैदल गस्तीबाट सिमाबासीहरुलाई सुरक्षा प्रदान गर्दै आएको काईलाबास सिमा शसस्त्र प्रहरी बलका प्रमुख प्रहरी निरिक्षक ईश्वर डिसीले जानकारी दिए ।
नेपाल भित्रबाट सवारी साधन चल्ने बाटो नहुनु र भारतीय बाटो प्रयोग गर्दा हतियार लैजान नपाइने भएका कारण कतिपय नाकामा अबैध कार्य भैरहेको जानकारी पाएर पनि सुरक्षा निकाय समयमै पुग्न नसकेको स्थानियहरुको भनाई छ । सडक निर्माण भएपछि सवारी आवातजावत हुने र दैनिकीमा सहजता हुने नाकाबासीहरुको अपेक्षा रहेको छ ।
RaptiSandesh RaptiSandesh