Home / Feature Breaking news / वडा–वडामा कांग्रेसको भेला तथा सभा

वडा–वडामा कांग्रेसको भेला तथा सभा

घोराही, २७ कार्तिक
घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा कांग्रेसको चुनावी सभाहरु आज सम्पन्न भएका छन् । वडाका विभिन्न स्थानमा कार्यक्रमहरु भएका हुन् । वडाको भैसाही, कर्जाही, क्वाडी र पचुर्खा लगायत विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।

कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन हुने बताउनुभयो । जसकालागि कांग्रेस यसपटकको निर्वाचनमा विजयी हुनुपर्ने उहाँको भनाई छ । कांग्रेसले विजयी हासिल गरेमा संविधानको सहि कार्यान्वयन हुने र अन्य दल विजयी भएमा संविधान नै धरापमा पर्नुसक्ने स्थिति हुने यहाँको भनाई छ ।

दाङको हरेक विकास कांग्रेसकै नेतृत्वमा भएको भन्दै उहाँले आगामी विकास पनि कांग्रेस नै गर्ने बताउनुभयो । निर्वाचनमा मात्र दाङ ताक्ने तर अघिपछी भने दाङको विकासमा ध्यान नदिने व्यक्तीलाई जिताएर दंगालीले विकासको अनुभुति नगर्ने उहाँको भनाई छ । दाङका हरेक विकास लमही–तुलसीपुर सडकमा पुल बनाउनेदेखी सडक विस्तारको योजना कांंग्रेसले ल्याएको उहाँले जानकारी गराउनुभयो ।

प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमीरेले यस क्षेत्रका बासीन्दाको समस्या आफ्नो पनि समस्या भएकोभ भन्दै त्यो समस्या समाधान गर्नकालागि आफू सधै तत्पर रहने बताउनुभयो । लोकतन्त्र रक्षाकालागि कांग्रेस लागिपरेको भन्दै घिमीरेले लोकतन्त्र पराजय भएमा जनताको अधिकार खोसिने बताउनभुयो ।

कार्यक्रममा समानुपातिक उमेद्वार पुष्पा वादी, पूर्व सांसद कृष्ण किशोर घिमीरे, क्षेत्र नम्बर २ का प्रचारप्रसार संयोजक एवं कांग्रेस साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीले भनाई राख्नुभएको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ को चुनावी भेला आज सम्पन्न भएको छ । वडा नम्बर १४ मा कांग्रेस र राप्रपा प्रजातान्त्रीकको चुनावी भेला आज सम्पन्न भएको हो । कांग्रेस वडा सभापति श्यामप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले संविधान निर्माण गरेको कांग्रेसले कार्यान्वयन गर्न आवश्यक भएकोले कांग्रेस विजयी हुन आवश्यक भएको बताउनुभयो ।

खनालले घोराहीको फोरलेन सडक विस्तार र कटुवा खोला पुलको योजना अफूले ल्याएको भन्दै यसलाई पूर्णता दिने काम आफ्नो नभएको बताउनुभयो । व्यवस्थापीका संसदले योजना बनाएपछि कार्यपालिकाले त्यसको कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ ।

योजना पनि ल्याउन नसक्ने र अरुले ल्याएको योजनालाई पनि अपव्याख्या गर्ने केही नेताहरुको प्रवृति भएको भन्दै त्यसको भ्रममा नपर्न अनुरोध गर्नुभयो । साथै उहाँले घोराही अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउनकालागि कांग्रेसले महत्वपूर्ण भूमीका निर्वाह गरेको भएपनि त्यसको केही दलहरुले त्यसको जस लिन खोजेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यका उमेद्वार कमलकिशोर घिमीरेले यस क्षेत्रको हरेक विकासकालागि आफ्नो उमेद्वारी भएको बताउनुभयो । उहाँले आफू विजयी भएर गएपछि यस क्षेत्रलाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व सांसद अनिता देवकोटा, साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, महाधिवेशन प्रतिनीधी सुशीला थापा, राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य तिलकराम मज्गैया, जिल्ला संयोजक नरेशजंग रानाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सहसचिव कुलराज पोख्रेलले गर्नुभएको थियो ।

वडा भेलाले गोवद्र्धन डिसी संयोजक रहेको ३ सय ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । जसको सहसंयोजकमा टेकबहादुर विसी र गोविन्द गिरी रहनुभएको छ । यस्तै भेलाले श्याम सुवेदी संयोजक र त्रिभुवन थापा सहसंयोजक रहेको अनुगमन उमसमिति, गुरुप्रसाद कडेल संयोजक रहेको आर्थिक उपसमिति, हेमन्त थापा संयोजक रहेको युवा परिचालन उपसमिति, सुशीला थापा संयोजक रहेको महिला परिचालन उपसमिति र कुलराज पोख्रेल संयोजक रहेको सञ्चार समिति गठन गरिएको छ ।

यसैबीच घोराही उपमहानगरपालिका–११ को शिवपुरमा चुनावी भेला सोमवार सम्पन्न भएको छ । भेलामा बोल्ने बक्ताहरुले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा नेपालीका काग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी बनाउनका लागि सक्रिय भएर लाग्ने बताएका थिए । इकाई सभापति डिल्लीबहादुर केसीको अध्यक्षता तथा नेपाली कागे्रस जिल्ला सदस्य निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा हुर्मत बिसी,गोविन्द दहाल,राज न्यौपाने, एैबहादुर बोहरा, केशव न्यौपाने, खड्गबहादुर लामिछाने,निर्मला न्यौपाने,दलित नेता चित्रसिंह गन्धर्व,धर्मदेवी पुरीलगायतले काग्रेसलाई बिजयी बनाउन आ–आफनो ठाउँमा लाग्न आग्रह गरेका थिए । त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरि कमल बुढा, करण बुढा, सन्तोष बुढा, सन्तोष गुरुङ, सुदन बुढा, प्रेमबहादुर थापा, मेघराज थापालगायतका काग्रेसमा प्रवेश गरेका थिए ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा सम्पर्क कार्यालयको आज सोमवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । साविक घोराही ६ का सभापति मधुसुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा साविक दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा कांग्रेस नेताहरु किरण किशोर घिमीरे, गोपाल शर्मा, महेश श्रेष्ठ, दिनेश अधिकारी लगायत मन्तव्य राख्नुभएको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमीरेले उद्घाटन गर्नुभएको हो । यस वडामा ईकाई सभापति ज्ञानबहादुर रायमाझी संयोजक रहेको १ सय ५ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

कार्यक्रममा समानुपातिक उमेद्वार सावित्रा राना, पुष्पा वादी लगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*