कर्म ब्यवसायिक । व्यवसायिक हकहितका लागि अग्रपंक्तीमा रहने परिचय स्थापित छ । संगै सामाजिक सेवामा आफूलाई समर्पित गरिरहेका सुरज सिंगो समाजका लागि ‘चहकिला’ पात्र हुन् । व्यवसायिक कर्मकै क्रममा उनले कोरोना कालमा गरेको अदम्य साहस सहितको ठूलो सहयोगलाई समाजले अनन्तकाल सम्म सम्झिइरहने छ ।
समाजमा आफूलाई समाजसेवीका रुपमा स्थापित गरेका सुरज अब व्यवसायिक नेतृत्वको दौडमा होमिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको सचिव जस्तो जिम्मेवार पदमा आफूलाई स्थापित गरेर सुरज अब्बल व्यवसायिक नेता बन्ने रेसमा छन् । कोरोनाको काल खण्डमा आम नागरिक त्राहीत्राहीमा थिए । घर भित्र कुँजिएर बस्नु पर्ने त्यो बेलाको नेपाली समाज कोरोना संक्रमणले थलिँदै गयो ।
बिमारले थलिएका नागरिकहरुले अक्सिजनको अभावको सामना गर्नु पर्ने परिस्थती बन्यो । कैयनले अक्सिजन नपाएर ज्यान गुमाउनु समेत पर्यो । देशब्यापी रुपमा देखिएको अक्सिजन अभावबाट दाङ पनि मुक्त हुन सकेन । कोरोना अस्पतालहरुमा अक्सिजनका बिरामीको चाप बढेसंगै अक्सिजनको चरम अभाव हुन थालेपछि घोराहीका सुरज बुढाथोकी अक्सिजनको जोहोमा लाग्ने अठोट गरेर आफूलाई सामाजिक सेवामा समर्पित गर्ने अभियानमा लागे । उनको प्रस्ताव, उनका एकजना साथीले समर्थन जनाए । उनै साथीको समर्थनमा कोरोना कालमा बाहिर निस्कीएका सुरजले आफ्नै बलबुताले दाङमा अक्सिजनको अभावलाई टार्न सफल भए । ‘कोरोना अस्पताल अनि बिरामी भएर घरमै थलिएका बिरामीहरुलाई घरमै पुर्याएर पनि अक्सिजनको जोहो गरेँ,’ उनले भने ‘यो मेरो नितान्त सामाजिक सेवा भाव थियो, मैले थालनी गरेको यो अभियानले धेरैलाई नयाँ जीवन दिएको अनुभुती मैले गरेको छु ।’

उनले यो बेला इटहरी,नेपालगन्ज,पोखरा, चितवन लगाएतका स्थानबाट अक्जिनको जोहो गरेर कोरोनाका बिरामीहरुलाई वितरण गरेका थिए । दाङ जिल्ला सदस्यको एक कार्यकाल पुरा गरेका सुरज संघले थाल्ने हरेक अभियानमा आफूलाई अग्रपंक्तीमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् । व्यवसायिहरुको सहजताका लागि उनले निर्वाह गरेको भूमिकाकै कारण उनि अहिले सचिव पदको उम्मेदवार बनेका छन् ।
२०४० साउन ३० मा घोराहीमा जन्मीएका सुरज शैक्षिक व्यक्तित्व समेत हुन् । २०५६ मा घोराही स्थित दिपशिखा माविबाट एसएलसी पास गरेका उनले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट अंग्रेजी विषयमा स्नातक तहको अध्ययन पुरा गरे । यसैगरि पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरे । उसोत सुरज शिक्षण पेशामा समेत कुनै बेला संलग्न भए ।
तीन बर्ष सम्म उच्च माविमा अध्यापन समेत गरे उनले । कमलरी मुक्तीको लागि थालिएको अभियानमा समेत उनि जोडिएर काम गरे । जिआईजेटको दाङ प्रमुख बनेर अनुभव संगालेका सुरजले २०७५ देखि व्यवसायिक यात्राको थालनी गरेका थिए । विभिन्न टट तालिम सहित विभिन्न संघसंस्था संग जोडिएर काम गरेका सुरजले पत्रकारिता क्षेत्रमा समेत जोडिएर अनुभव लिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको सचिवको जिम्मेवारी सम्हाल्न खोजेका सुरजले आफ्ना चुनावी एजेण्ड व्यवसायिक हक केन्द्रित राखेका छन् । बैंकीङ पहुँच नभएका साना व्यवसायिहरुलाई वित्तिय पहुँचका लागि विशेष कार्यक्रम तर्जुमा गर्ने लक्ष्य लिएका छन् ।
यसैगरि बजारलाई चलायमान बनाउनका लागि पर्यटन क्षेत्रको विकास र प्रवर्धनलाई आफ्नो चुनावी ऐजण्डा बनाएका सुरजले हाल उद्योग वाणिज्य संघले थालेको अभियानलाई निरन्तरता दिएर काम गर्ने अठोट लिएका छन् । यसैगरि साना तथा मझौला व्यवसायिहरुका लागि व्यवसाय सञ्चालनका लागि कानुनी सचेतना प्रदान गर्ने लगाएत एजेण्डा सहित सुरज चुनावी दौडमा होमिएका छन् ।
‘म समग्र व्यवसायिहरुको हकहित संगै सामाजिक कर्मलाई शिरोधार्य गर्दै उद्योग वाणिज्य संघको थप जिम्मेवार भूमिका निर्वाह गर्ने योजनामा छु,’ उनले भने ‘मलाई बिश्वास छ , व्यवसायिहरुले मेरो विगतको योगदानको उच्च मूल्यांकन गरेर यो पटक पनि मलाई साथ दिनु हुने छ ।’
RaptiSandesh RaptiSandesh