Home / Feature Breaking news / दुग्ध सहकारी र किसानहरुलाई डिजिटल वित्तिय पहुँच अभिमुखीकरण

दुग्ध सहकारी र किसानहरुलाई डिजिटल वित्तिय पहुँच अभिमुखीकरण

घोराही, ५ भदौ

दाङका सहकारीका पदाधिकारी तथा व्यवस्थापकहरुलाई डिजिटल वित्तिय व्यवस्थापन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रमा घोराहीमा सम्पन्न भएको छ ।

एलोई प्रा.लि काठमाडाँैसँगको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङद्धारा आयोजित कार्यक्रममा प्रा.लिका सदीप श्रेष्ठले डिजिटल वित्तिय व्यवस्थापन सम्बन्धी जानकारी गराउनुभएको थियो । उहाँले एलोई प्रा.लि वित्तिय प्रविधीयुत्तः प्ल्याटफार्म भएकाले ऋणको डिजिलाईटेसन गरि वास्तविक समयमा ऋणको सदुपयोगताको परिक्षण गर्नकालागि सहयोग गर्ने बताउनुभयो ।

उहाँले देशभर ग्रामीण भेगका उद्यमी तथा लघुउद्यमीहरुलाई वित्तिय सुविधा उपलब्ध गराउने कार्य गरिरहेको र जसकालागि स्थानीय संस्थाहरुसँग समन्वय गरिरहेको बताउनुभयो । साथै दुग्ध किसानहरु प्रविधीसँग जोडिन आवश्यक रहेकाले यसकालागि एलोईले काम गरिरहेको उहाँको भनाई थियो ।

उहाँले दुग्ध सहकारीहरुलाई विभिन्न दुग्ध विक्रेताको पहुँच पु¥याउने, वित्त लगानी पहुँच पु¥याउने, डिजिटल प्रविधी जडान गरि संस्थामा आवद्ध किसानहरुको डिजिटल आय रेकर्ड राख्न सहयोग गर्ने, वास्तविक समयमा ऋण र भुक्तानीको निगरानी र दैनिक दुधको संकलनमा वृद्धि गर्नकालागि सहयोग गरिरहेको बताउनुभयो । साथै दुग्ध किसानहरुलाई आम्दानीको रिपोर्ट निकाल्न, वित्तिय अवश्थाको विवरण निकाल्न सहयोग पु¥याउने र किसानहरुलाई ऋण प्रवाह गरेर कृषि व्यवसायमा योगदान पु¥याउन सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले वित्तिय पहुँच बढाउन र किसानहरुको सशक्तिकरणका लागि सहकारीहरुले काम गरिरहेको बताउदै ग्रामीण क्षेत्रहरुमा पनि सहकारीले जिवनउपोयगी सीप सिकाईरहेको बताउनुभयो । सहकारीलाई बलियो बनाउनकालागि सञ्चालक र व्यवस्थापकहरु प्रविधीसँग जोडिन आवश्यक रहेको बताउनुभयो ।

महिला सामुदायिकले सञ्चालन गरेको दुध सागर डेरी उद्योग घोराहीमा व्यवस्थापक पविन योगीले एलोईले वित्तिय प्रविधी, ग्रामीण भेगका किसानहरुलाई वित्तिय पहुँच, डिजिटल साक्षरता, प्रविधीसँग सहकारीहरुलाई जोड्ने काम गरिरहेको समयमा दाङका किसान र सहकारीहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ एलोईसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरिएको बताउनभयो । सहकारीले युवाहरुमा रोजगारी सिर्जना गरेको बताउदै किसानहरुको क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले जिल्लामा ८ वटा सहकारीहरु स्थापना गरेर हाल अरबौको कारोबार गरिरहेको र सहकारमिा १० बजार बढि सदस्यहरु आवद्ध भएर सेवा लिईरहेको उहाँहरुको भनाई थियो । सहकारीहरुलाई प्रविधीसँग जोड्नका लागि निरन्तर कार्य गरिरहने पनि उहाँले बताउनुभयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका कोषाध्यक्ष कान्ता चौधरीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण एलोईका स्वस्ती खत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका, लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सहकारीका पदाधिकारी, व्यवस्थापक र दुग्ध किसानहरुको सहभागिता रहहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*