Home / Feature Breaking news / गोली प्रहार गरी किशोरीको हत्या
-प्रतिकात्मक तस्बिर

गोली प्रहार गरी किशोरीको हत्या

सुनसरीको हरिनगर गाउँपालिका ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका( ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत(१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिए ।

गोली प्रहारको कारण खुलिनसकेको तिम्सिनाले जानकारी दिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*