Home / Feature Breaking news / प्रधानमन्त्रीलाई गगनको आग्रह– तपाईंको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

प्रधानमन्त्रीलाई गगनको आग्रह– तपाईंको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले गल्ती गरेको होइन भन्ने आँटसमेत मन्त्री गुप्तामा नदेखिएको भन्दै तत्काल बर्खास्त गरी निष्पक्ष छानबिनको बाटो सहज बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

महामन्त्री थापाले भने, ‘‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्ने कुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला भन्ने लागेको थिएन, तर अहिले टिप्पणी गर्नुपर्ने अवस्था आयो ।’’

कार्यक्रमकै माध्यमबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले थपे, ‘‘तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् । यो विषयको छानबिन सहज बनाउनुहोस् । बर्खास्त गरेरमात्रै हुँदैन । यत्तिको कुरा आइसकेपछि यसको दुधको दुध र पानीको पानी हुनुपर्छ । निष्पक्ष छानबिन हुनुपर्छ । यसमा संलग्न अरू कोको छन्, छन् भने त्यो सार्वजनिक हुनुपर्छ । दोषी देखिए भने कारबाही गर्नुपर्छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*