Home / Feature Breaking news / बबई नदिमा डुबेर दुई युवाको मृत्यु
सांकेतिक तस्वीर

बबई नदिमा डुबेर दुई युवाको मृत्यु

दाङमा पौडी खेल्नेक्रममा डुबेर दुई युवकको ज्यान गएको छ ।

जिल्लाकाे बबई गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का १८ वार्षिय कुशल बुढामगर र तुलसीपुर उपमहानगरपालिका ७ का १८ वर्षका बिधानको केसी रहेको प्रहरीले जनाएको छ ।

६ जनाको समुहमा साथीहरुसंग घुम्न गएका मध्ये ३ जना पौडीखेल्न खोलामा पसेको र एक जना पौडिएर बाहिर निस्किए पनि दुई जना डुबेर बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*