Home / Feature Breaking news / दंगिशगरण १ मा दुई दिने मनोविमर्श तालिम

दंगिशगरण १ मा दुई दिने मनोविमर्श तालिम

दाङ, ६ वैशाख
दंगिशरण गाउँपालिका १ मा महिला सशक्तीकरण तथा मनोविमर्श तालिम सम्पन्न भएको छ । दांगिशरण गाउँपालिका वडा नम्बर १ को आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहजिकरणमा दुई दिने तालिम सम्पन्न भएको हो ।

दंगिशरण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रमेश भण्डारीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष सम्भु गिरीको प्रमुख आतिथय र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेको विशिष्ठ आतिथ्यमा भएको तालिममा बोल्ने वक्ताहरुले यस्ता तालिमले महिलाहरुलाई सशक्तीकरणतर्फ उन्मुख हुन सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सम्भु गिरीले पछिल्लो समय समाजमा मनोसामाजिक समस्या बढ्दो मात्रामा देखिन थालेकाले यसतर्फ सबै सचेत हुन आवश्यक रहेको बताउनुभो । मानिसले मानसिक समस्याप्रति सचेत नहुदा यसको उपचारतर्फ पनि नलाग्ने गरेका कारण अझ समस्या विकराल बनदै जाने भएकाले हरेक मानिस सामाजिक रुपमा सचेत हुन आवश्यक रहेको उहाँको भनाई थियो ।

तालिम समापन अवसरमा कार्यपालिमा सदस्य मीना चौधरी, वडा सदस्यहरु हुमा गिरी, लक्ष्मी परियार, चन्द्रलाल चौधरी, सहभागीहरु सीता डाँगी, ममता विष्ट, साहना चौधरी, सुस्मीता वली, अनिता चौधरी, साधना डाँगी लगायतले मन्तव्य राख्नुभएको थियो । तालिममा महिला नेतृत्व विकास, मनोसामाजिक मनोविमर्श सेवा लगायतका विषयमा नेपाल महिला सामुदायिक सेवा केन्द्रका आर.के.शीतल र लक्ष्मी ढकालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिव मानबाहादुर खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*