नेपाली काग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनालले काग्रेसको नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामको बारेमा आम नागरिकलाई जानकारि गराउन गाउँ तहमा रहेका पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
नेपाली काग्रेस गुल्मीले आयोजना गरेको भेटघाट कार्क्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सवास्थ्य मन्त्री समेत रहेका उपसभापति खनालले पार्टीको नेतृत्वमा भएका उपलब्धीको बारेमा गाउँघरमा रहेका मतदातालाई जानकारि गराउन आबश्यक रहेको बताउनु भयो ।
अहिले सम्मका परिवर्तनको नेतृत्व काग्रेसले गरेको भन्दै उप सभापति खनालले अब आर्थिक समृद्दिको नेतृत्व पनि काग्रेसकै नेतृत्वमा गर्नुपर्ने दायित्व रहेको बताउनु भयो ।
उप सभापति खनालले पार्टि भित्रका आन्तरिक द्वन्द्वलाई सार्वजजनिक फोरममा नभै पार्टि भित्रकै आन्तरिक बैठक वा कार्यक्रम मार्फत समाधान गरिनुपर्ने बताउनु भयो । स्वास्थ्य मन्त्री खनालले प्रदेश भित्रका ६ जिल्लामा डायलासिस सेवा सुरू गर्न लागिएको जानकारि दिनु भयो । स्वास्थ्य बिमाको दायरा बढाउनु पर्ने आबश्यक्ता महसुस गरिएकोभन्दै मन्त्री खनालले त्यसका लागि प्रयास भैरहेको बताउनु भयो।
RaptiSandesh RaptiSandesh