घोराही, २५ जेठ।
दाङको बंगलाचुली गाउपालिका वडा नम्बर १ उजाका अग्नी पिडित मुकुन्द कुवरको परिवारलाई राहात सामाग्री प्रदान गरिएको छ । बुधबार कुवर परिवारलाई नेपाल महिला सामुदायिक सेवा केन्द्रले राहक प्रदान गरेको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ मार्फत नागरिक आवाज ललितपुरको सहकार्यमा संचालित सामुदायिक सुरक्षाजालो कार्यक्रम अन्र्तगत पिडित परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नुन, तरकारी, सिरक, डसना सहित लत्ता कपडा, बालबालिकाहरुकालागी झोला, कापी, कलम उपलब्ध गराईएको हो ।
बगलाचुली गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु कुवर, कार्यपालिका सदस्य चित्राकुमारी दमाईको उपस्थितिमा नेपाल महीला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले पिडित मुकुन्द कुवरलाई सामाग्री प्रदान गर्नुभएको थियो । जंगलमा लागेको आगो घरमा सल्कीदा कवरको दुईतले घर जलेर पुणर्रुपमा क्षति भएको थियो ।
RaptiSandesh RaptiSandesh