Home / Feature Breaking news / आजको मौसम: पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा
फाईल तस्वीर

आजको मौसम: पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा

यतिबेला नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले पहाडी क्षेत्रमा वर्षा भइरहेको छ।

पहाडी क्षेत्रका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ। दिउँसो भने पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

भोलि पनि देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*