घोराही, ७ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आज आईतवार चर्चीत लोक दोहोरी गायीका ज्योति मगर आउनुहुने भएको छ । प्रदर्शनीको पाँचौ दिन लोकदाहोरी गायीका ज्योति मगर आउने प्रदर्शनीका सांस्कृतिक संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा पाँचौ दिन गायीका ज्योति मगरसँगै गायक पुस्कल शर्मा, मोडल टीका जैसी, श्रृजना मगर, लक्ष्मीमान चौधरी लगायतको प्रस्तुती रहने छ ।
पाँचौ दिन आईतवार आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ र बबई गाँउपालिका एवं राप्ती दोहोरी साँझ र देउराली दोहोरी साँझबीत प्रतिस्पर्धा हुनेछ भने ज्ञानज्योति बोडिङ स्कूल घोराही, यूनिक मीड वेस्टर्न नारायणपुर र महेन्द्र मावि तुलसीपुरको प्रस्तुति रहने छ ।
RaptiSandesh RaptiSandesh