Home / Feature Breaking news / प्रदेश स्तरिय प्रदर्शनीमा शान्ती श्रीसँगै झुमे दर्शक

प्रदेश स्तरिय प्रदर्शनीमा शान्ती श्रीसँगै झुमे दर्शक

घोराही, ५ फागुन

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा गायीका शान्ति श्री परियारको प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । प्रदर्शनीका तेस्रो दिन चर्चीत लोकदोहोरी गायीका शान्ति श्री परियारसँगै दंगाली दर्शकहरु झुमेका हुन् ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा परियारले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

उहाँले चर्चीत गीतहरु ‘पच्छौरी च्यातीयो तिमीले तानेर, रुकुमको हान माया चौका दाउ हुकुमको, हानौ की गुलेली तन्काई रबर मगर्नी छोरीको हिले खबर, भिर माहुरी भिरैमा टोपी शिरैमा’ लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिसँगै दर्शकहरु झुमेका थिए ।

दंगाली गायक चन्द्र शर्मा, रोशन रत्गैयाँ, माधव जोन खत्री, शान्तराम सेञ्चुरी लगायतको प्रस्तुति रहेको थियो । तेस्रो दिन शुक्रवार लोकदोहारी गीत प्रतियोगीता अन्तरगत लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ बी र हातेमालो समूह तथा ॐ संगीत कला केन्द्र र बंगलाचलीबीच भएको बिच भएको प्रतियोगीतामा लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ बी बिजयी भएको छ भने ॐ संगीत कला केन्द्र र बंगलाचलीको अंक समान आएकाले भोली पुनः शनिवार प्रतियोगीता हुने सांस्कृतिक संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै लोक नृत्य प्रतियोगीता अन्तरगत मावि निघुवार र गोदाबरी बोडिङ स्कूलको प्रस्तुति रहने बुढाथोकीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा कृषी तथा साना एवं घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको स्टल र व्यवसायीक स्टल, बाल उद्यान रहेका छन् ।
शनिवारका कलाकारहरु
महोत्सवको चौथोे दिन शनिवार पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ । शनिवार कलाकारहरु टीका प्रसाई, कला लम्साल, सविता राई, दीपा पनेरु, एम.टी महर, भरतजोन खत्री लगायतको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*