Home / Feature Breaking news / प्रदेश स्तरिय प्रदर्शनीमा आज शान्ति श्री परियारको प्रस्तुति हुने

प्रदेश स्तरिय प्रदर्शनीमा आज शान्ति श्री परियारको प्रस्तुति हुने

घोराही, ५ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ को तेस्रो दिन चर्चीत गायीका शान्ति श्री परियारको प्रस्तुति रहने भएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको तेस्रो दिन शुक्रवार नेपाली सांगीतिक क्षेत्रकी लोक गायीका शान्ति श्री परियार लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिे जानकारी दिएको छ । परियारको ‘बोल माया, आगो बिना बिडी जल्दैन, सोल्टी बजारमा, घर कता हो बहिनीको, खोली तारी देउ न’ लगायत दर्जनौ गीतहरु चर्चीत रहेका छन् ।

साथै दंगाली लोकप्रीय कलाकार चन्द्र शर्मा, रोशन रत्गैया, माधव जोन खत्री लगायतको प्रस्तुति रहने छ । यस्तै प्रदर्शनीमा जिल्ला स्तरिय लोकदोहोरी गीत प्रतियोगीता र लोक नृत्य प्रतियोगीता पनि हुने आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*