घोराही, २२ असोज
मंसीर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागी भोली आईतवार मनोनयन दर्ताको मिति तोकीएको छ । मनोनयन दर्ताकालागी निर्वाचन क्षेत्र नम्बर २ कालागी राजनितिक दलहरुबीच समय निर्धारण गरिएको छ ।
शनिवार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्बदलिय छलफलले मनोनयन दर्ताकालागी समय निर्धारण गरिएको हो । प्रतिनिधी सभा क्षेत्र नम्बर २, प्रदेश सभा क्षेत्र नम्बर २ (१) र २ (२) को मनोनयन दर्ताकालागी राजनितिक दलहरुबीच समय निर्धारण गरिएको हो ।
मनोनयन दर्ताकालागी बिहान १० बजेदेखी बेलुका ५ बजेसम्मको समयमा दलहरु र स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गर्नकालागी समय निर्धारण गरिएको हो ।
जस अन्तरगत बिहान १० देखी ११ बजेसम्म नेपाली कांग्रेस बि.पी र नेशनल मंगोल अर्गनाईजेशन, ११ बजेदेखी १२ बजेसम्म राप्रपा, १२ बजेदेखी १ बजेसम्म नेपाल आमा पार्टि र सामाजिक लोकतान्त्रिक पार्टि, १ देखी २ बजेसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा, ३ देखी ४ बजेसम्म एमालेकालागी समय निर्धारण गरिएको हो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले राजनितिक दलहरुलाई आचारसंहिता पालना गर्न अनुरोध गर्नुभएको थियो । राजनितिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
RaptiSandesh RaptiSandesh