Home / Feature Breaking news / आजकाे मौसम: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
फाईल तस्वीर

आजकाे मौसम: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशहरूमा सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा  भइरहेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखी सामान्य बदली रहने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश  र  लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*