Home / Feature Breaking news / कांग्रेस क्षेत्र नम्बर २ ले खटायो ‘जनताको साथमा कांग्रेस’ अभियानकालागी प्रतिनीधी

कांग्रेस क्षेत्र नम्बर २ ले खटायो ‘जनताको साथमा कांग्रेस’ अभियानकालागी प्रतिनीधी

घोराही, १३ भदौ

नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार ‘जनताको साथमा कांग्रेस’ अभियानकालागी प्रतिनिधीहरु वडामा खटाएको छ । क्षेत्रीय समितिको आज सोमवार घोराहीमा बसेको बैठकले क्षेत्र नम्बर २ का २७ वटा वडाहरुमा क्षेत्रीय प्रतिनीधी खटाएको हो ।

जस अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा जंगबहादुर जिसी, ६ मा जयभोला परियार, ७ मा निमबहादुर चौधरी, ८ मा चित्रबहादुर डाँगी (निर्मल), ९ मा दानबहादुर बुढाथोकी, १० मा मधुसुदन अधिकारी, ११ मा ताराबहादुर डिसी, १२ मा हरिबहादुर घर्ति, १३ मा तुलसा वली, १४ मा खुमकुमारी खड्का, १५ मा बदरुदीन राई, १६ मा शान्तिा घिमीरे, १७ मा देवा सुवेदी, १८ मा कमल गौतम र १९ मा झगबहादुर बस्नेतलाई खटाईएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा शारदा दाहाल, १७ मा पार्वता योगी, १८ मा राधा भण्डारी, १९ मा हिमबहादुर रावत र सीता चौधरी, बंगलाचुली गाँउपालिका वडा नम्बर १ मा हिमाल महरा, २ मा पुनि गिरी, ३ मा युवराज आचार्य, ४ मा दिनेश नेपाली, ५ मा धनेश्वर आचार्य, ६ मा तेजमणी दाहाल, ७ मा पदमराज शर्मा र ८ मा प्रज्ञान रेग्मीलाई खटाएको हो ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले क्षेत्रको आमन्त्रीत सदस्यहरुमा जग्गुलाल चौधरी, गोवर्धन डाँगी र लक्ष्मी गिरी थापालाई मनोनित गरेको छ ।

यस्तै क्षेत्रीय प्रतिनिधीहरुमा वेदबहादुर लामीछाने, बिनोद गौतम, यादव रावत, प्रकाश खड्का, मिना गिरी, भरत धिताल र सेवकराज आचार्यलाई मनोनित गरिएको छ । बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य एवं प्रतिनिधीसभा सदस्य प्रजातान्त्रीक आन्दोलनका योद्धा, विचारका धनी, समाजवादी नेता प्रदीप गिरीको भदौ ४ गते भएको असामयिक निधनप्रति दुःख व्यक्त गदैृ मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*