Home / Feature Breaking news / अछाममा पहिरोले पुरिएर तीनजनाको मृत्यु

अछाममा पहिरोले पुरिएर तीनजनाको मृत्यु

अछाममा पहिरोले एउटा घर पुरिँदा तीनजनाको मृत्यु भएको छ ।

तुर्माखाँद गाउँपालिका–२, भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीनजनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

अमरका भाइ २५ वर्षीय वीरेन्द्र, छोरा १५ वर्षीय संविधान र बुहारी ४५ हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले जानकारी दिए ।

उनका अनुसार ६२ वर्षीया नैना विष्ट घाइते भएकी छन् । पाँच बाख्रा पनि मरेका छन् । पहिरोबाट शव निकालिएको र पोस्टमार्टमका लागि पठाउन लागिएको अध्यक्ष बिसीले बताए ।

गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*