घाेराही, २६ असार
घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे खुल्ला सदस्यमा गठबन्धनका उमेद्वारहरू बिजयी भएका छन् । गठबन्धनका उमेद्वारहरू किशाेरकुमार आचार्य, युवराज आचार्य र दिनेश वली बिजयी हुनुभएकाे छ ।
जसमा किशाेरकुमार आचार्यले २०८२, दिनेश वलीले १४७२ र युवराज आचार्यले १६१० मत लिएर बिजयी हुनुभएकाे छ ।
हरिप्रसाद खरेलले १२०१, नारायणप्रसाद लामीछानेले ६६५, महेशकुमार न्याैपानेले १०११ र सुनिलकुमार बानियाले ७९१ मत प्राप्त गर्नुभएकाे छ ।
RaptiSandesh RaptiSandesh